Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा केन्द्रीय नेताको प्रतिस्पर्धा रोचक बन्ने, बाजी कस्ले मार्ला? - Gulminews

गुल्मीमा केन्द्रीय नेताको प्रतिस्पर्धा रोचक बन्ने, बाजी कस्ले मार्ला?

टोपलाल अर्याल
कात्तिक १२, गुल्मी | प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीबाट विभिन्न पार्टीका केन्द्रीय नेता निर्वाचन प्रतिस्पर्धामा छन् । एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, माओवादीका युवा नेता चन्द्रबहादुर थापालगायतका नेता उम्मेदवार बन्ने सम्भावना छ

गत स्थानीय तहको मतलाई आधार मानेर हेर्दा वाम गठबन्धन बलियो देखिएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन् भने प्रदेशस भाका लागि चार क्षेत्र छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को (क)मा कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु गाउँपालिकाको वडा नम्बर २, ५ र ६ समावेश गरिएको छ । यस क्षेत्रमा वाम गठबन्धनको २० हजार चार सय ६३ मत छ । कांग्रेसको १४ हजार सात सय पाँच र अन्य दलको एक सय २३ मत रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ को (ख) रुरु गाउँपालिका वडा नम्बर १, ३ र ४ सहित छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुंगा नगरपालिकाको वडा नम्बर ७ देखि १४ सम्म राखिएको छ । यस क्षेत्रमा वाम गठबन्धनले २२ हजार चार सय १६, कांग्रेसले १५ हजार एक सय ९४ र अन्य दलले एक सय ९५ मत ल्याएका छन् ।

उता क्षेत्र नम्बर २ को प्रदेश (क)मा रेसुंगा नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका समावेश गरिएको छ । यहाँ वाम गठबन्धनले १५ हजार आठ सय ७७, कांग्रेसले १२ हजार १५ र अन्य दलले एक सय ६१ मत प्राप्त गरेका छन् । यस क्षेत्रको (ख)मा धुर्कोट, मदाने र मालिका गाउँपालिका छन् । गत स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले २० हजार आठ सय ९५ र कांग्रेसले ११ हजार तीन सय २३ मत पाए ।

जिल्लामा ०५१ सालदेखि नै वामपन्थी अगाडि छन् । ०५१ र ५६ सालमा गुल्मीका तीनवटै निर्वाचन क्षेत्र एमालेले जितेको थियो । ०६४ सालको निर्वाचनमा दुईवटा क्षेत्र माओवादी र एउटा क्षेत्र एमालेले जितेको थियो । ०७० सालमा कांग्रेसले दुई क्षेत्र र एमालेले एउटा क्षेत्रमा विजयी हासिल गरेका थिए ।

गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ र क्षेत्र नम्बर २ मा ९० हजार नौ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीले बताए । गत स्थानीय तहको निर्वाचनमा एक लाख ८० हजार सात सय ७५ मतदाता थिए ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D