gulminews logo
मंगलवार, २०८१ बैशाख २५

गुल्मीमा कृषि अनुदानको टयाक्टर ठेक्कापट्टामा

टोपलाल अर्याल
गुल्मी, १२ माघ । प्रदेश ५ का विभिन्न जिल्लामा कृषि अनुदान दुरुपयोग भएका खबर पटक–पटक नआएका होइनन् । त्यो क्रम अझै रोकिएको छैन् । पछिल्लो उदाहरण मानेचौर बहुउदेश्य कृषि फर्म हो । गुल्मीको धर्कोट गाउँपालिका वडा नं ७ को यो कृषि फर्मले प्रदेशबाट ५० प्रतिशत अनुदानमा प्राप्त गरेको टयाक्टर ठेक्का पट्टामा प्रयोग गरिएको छ । यो फर्म संचालन भएको चैतमा दुई बर्ष हुन्छन् ।

कृष्ण घिमिरे, हरि भट्टराई, मधु पन्थी र नविन श्रेष्ठले संयुक्त रुपमा बहुउदेश्य कृषि फर्म मार्फत विभिन्न कृषि कर्म गरिरहेका छन् । कृषकको मागको आधारमा प्रदेश ५ को भुमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि प्रयोजनको लागि गत असारमा कृषि फर्महरुलाई टयाक्टर वितरण गरेको थियो । सोहि कार्यक्रम अन्तरगत प्राप्त ट्याक्टर मानेचौर बहुउदेश्य कृषि फर्मका संचालकहरुलेनै ठेक्कामा प्रयोग गर्दै आएका छन् ।

फर्म संचालककै ठेक्का

सुनिल समिर निर्माण सेवाले मालिका गाउँपालिका ७ को सिलादी–घमिर मोटरबाटोको स्तरउन्नती गरिरहेको छ । सो सडकको वालको पेटी ठेक्काको रुपमा फर्मका संचालक कृष्ण घिमिरे र हरि भट्टराईले लिएका छन् । वालको लागि खोलाबाट ढुङ्गा बोक्न टयाक्टर प्रयोग गरिरहेको स्वय फर्मका संचालक तथा निर्माण व्यावसायी हरि भट्टराईले स्विकार गरे । उनले आफुहरुले पनि ५० प्रतिशत लगानी गरेकाले ठेक्काको काममा लगाएको बताए । ‘मेसिनरी समान रोकेर के गर्ने, त्यसैले प्रयोग गरेका हौ’, उनले भने‘, त्यसबाट किस्ता र ड्राइभर पालेका छौ ।’ अर्का कृषि फर्म संचालक कृष्ण घिमिरेले प्रदेशले ५० प्रतिशत अनुदान दिएकै भरमा अन्यत्र प्रयोग गर्न नपाइने भए फिर्ता लैजान समेत चुनौती दिए । आफुहरुले साढे दुई सय बढि रोपनी खेतमा टयाक्टरको काम सकेपछि मात्रै ढुङ्गा बोक्ने काममा प्रयोग गरेको बताए ।

ठेक्का लगाउन दिएका छैनौ: प्रवक्ता

प्रदेश ५ को भुमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयल प्रवक्ता तथा बरिष्ठ कृषि विकास अधिकृत बिनोद घिमिरेले कृषि प्रयोजनलाई दिएको टयाक्टर ठेक्का पट्टामा प्रयोग गर्न नमिल्ने बताए । उनले फर्महरुले कृषि कर्मकै लागि माग गरेकाले जति प्रतिशत लगानी गरेपनि अन्यत्र प्रयोग गर्न नहुने बताए । घिमिरेले केहि ठाउँमा ५० प्रतिशत लगानी गरेकै भ्रमममा दुरुपयोग गरेका सुचना पाए लगतै अनुगमन गरिएकाले केहि दिनमै पत्र काटिने बताए । ‘मन्त्रालयसंग फर्मले गरेको सम्झौतामा कतै समस्या छैन, टयाक्टर कृषि कर्मकै लागि दिएका हौ,’ उनले भने, ‘सवै सचेत बन्नुपर्छ ।’

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D