gulminews logo
शनिबार, २०८१ बैशाख २२

गुल्मीमा कुनै पनि उम्मेदवार विरुद्ध परेन उजुरी

हुमाकान्त पोखरेल
गुल्मी, २५ असोज । गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवारहरु माथि उजुरी परेको छैन । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारी बिरुद्ध दाबि-विरोध गर्ने समय रहेको थियो । तर कुनै पनि उम्मेदवारको विरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवम् प्रदेश सभा निर्वाचनका लागि गुल्मीमा कुल ६६ जनाको उम्मेदवारी परेको छ । जसमा क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी क्षेत्र नम्बर १ को ‘क’ मा ११, ‘ख’ मा १२, क्षेत्र नम्बर २ को ‘क’ मा १० एवम् ‘ख’ मा नौ जनाको उम्मेदवार परेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २६ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D