गुल्मी, जेठ १ । रुरु गाउँपालिका १ रिडी गुल्मीमा एक बिद्यालय छिमेकी बिद्यालयको भवनमा संचालन गरिएको छ ।
रुरु प्राथमिक बिद्यालयको भवन जिर्ण भएकोले नजिकै रहेको रिडी माध्यमिक बिद्यालयको प्राङ्गण भित्र रिडी माबिकै भवनमा रुरु प्राथमिक बिद्यालय संचालन गरिएको हो ।
तत्कालिन जिल्ला शिक्षा कार्यलयले रुरु प्राबिको भवनको लागि रकम व्यवस्था गरे पनि मापदण्ड अनुसार बिद्यालयको जग्गा नभएकोले भवन बनाउन नसकिएको र पुरानो भवन अति नै जिर्ण भई पठनपाठन गर्न समस्या भएकोले रिडी माबिको भवनमा बिद्यालय सार्नु परेको रुरु प्राबिका प्रधानाध्यापक बल बाहादुर थापाले बताउनुभयो ।

भौतिक पूर्वाधार प्राबि संचालन गर्न पुग्ने अवस्था रहेको र रिडी माबिमा प्राबि कक्षा नभई ६ १२ देखी १२ सम्म मात्र रहेकोले समिति र अभिभावकसंग छलफल गरी रुरु प्रा बि, रिडी माबिमा बिद्यालय सारिएको रिडी माबीका प्रधानाध्यपक रोहित भण्डारीले बताउनु भयो ।
“एउटै प्राङ्गणमा स्वभाबिक प्रकृतिको अवस्था हुँदा समेत बिद्यालय समायोजन नगरेर रुरु प्राबिलाई शरणार्थी जस्तो बनाईयो”, रिडी माबिका अध्यक्ष चन्द्रलाल कसजुले भन्नुभयो, “सम्बन्धित निकायले, छिट्टै प्रक्रिया पुर्याएर समायोजन गर्नुपर्छ ।”
उता सामाजिक बिकास संयोजक शेषनारायण पौड्यालले भने यस शैक्षिक शत्र भित्र रिडीका ३ वटा बिध्यालय बिच वृहत छलफल गरि १ देखी ८ र ९ देखी १२ मा समायोजन गर्ने योजना रहेकोले तत्काल रुरु प्राबिलाई रिडी माबिमा समायोजन नगरिएको बताउनुभयो ।
रिडी बजार भित्र १ संस्थागत प्राबि समेत संचालनमा छ । संस्थागत समेत गरि रिडी बजार भित्र १ देखी ५ सम्म पढाई हुने २ प्राबि र ६ देखी १२ कक्षा सम्मा पढाई हुने २ माबि बिद्यालय संचालनमा छन् । २ प्राबिमा ३३० र २ माबिमा ३९१ बिद्यार्थी रहेका छन् । ४ बिद्यालयमा जम्मा ५९ शिक्षक-कर्मचारी तथा जम्मा ७ सय ८५ बिध्यार्थी रहेका छन् । – रुरु एफ.एम