गुल्मी, कार्तिक ०१ । गुल्मीमा आफ्नै छोराले खुकुरी प्रहार गर्दा एक जना घाईते भएका छन् ।
आफ्नै छोराको खुकुरी प्रहारबाट घाईते हुनेमा धुर्कोट गाउँपालिका वडानम्बर ४ रातापोखरा बस्ने ५५ बर्षिय हरिबहादुर घर्ती मगर रहेका छन् । उनलाई आफ्नै २९ वर्षिय सहोदर छोरा राजेन्द्र घर्ती मगरले खुकुरी प्रहार गरि घाइते बनाएका हुन् ।
खुकुरी प्रहारबाट टाउकोमा उनको टाउकोमा चोट लागेको छ । सामान्य घरायासी झगडाको कारण खुकुरी प्रहार गरी घाइते गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार बिहान खुकुरी प्रहारबाट घाइते बनाएको खबर प्राप्त हुनसाथ प्रहरी सहायक निरिक्षक लोकमान ताम्राकारको कमाण्डमा ३ जना टोली खटिइ घाइतेलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । कुखुरी प्रहार गर्ने युवा फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।