gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा आफ्नै बावुको हत्या आरोपमा छोरा पक्राउ

टोपलाल अर्याल
गुल्मी, २८ चैत । जिल्ला प्रहरी कार्यालय गुल्मीले बाबुको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । इस्मा गाउँपालिका २ हस्तिचौर पालुखाका ४६ बर्षीय टेक बहादुर कुमालको हत्या गरेको आरोपमा २९ बर्षीय अर्जुन कुमाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

पक्राउ परेका छोरा सुस्तमनस्थिति भएका छन् । बिहिबार राती बाबु–छोरा झगडा गरेका थिए । सोहि क्रममा छोराको कुटपीटबाट घाइते भएका बाबुलाई आमाले घरमा ल्याएर सुताएकी थिइन् । शुक्रबार बिहान एक्कासी उल्टी भएर मृत्यु भएको इस्मा गाउँपालिका २ का वडाध्यक्ष टीका बहादुर रेश्मीले बताए ।

प्रहरीको अगाडी छोराले बाबुलाई कुटपीट गरेको स्विकार गरेको रेश्मीले बताए । प्रहरी निरिक्षक चुरामणी पुनले शब पोष्टमार्टम र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D