gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

गुल्मीमा आफ्नै बाबुको यौन दुर्ब्यवहार सहन नसकी आत्महत्या प्रयास, आफ्नै परिवारबाट असुरक्षित महिला र बालिका

टोपलाल अर्याल
गुल्मी, २३ भदौ । ईस्मा गाउँपालिका ५ का ३७ बर्षीय एक व्यक्तिले आफ्नै १० बर्षीया छोरीलाई अप्राकृतिक मैथुन गराए । उनी अहिले कारागार छन् । धुर्कोट गाउँपालिका ६ का ३५ बर्षीया एक व्यक्तिले ५२ बर्षिया आफ्नै काकीलाई बलात्कार गरे । त्यस्तै धुर्कोट गाउँपालिका ५ मा २६ बर्षीय दाजुले १६ बर्षीया बहिनी बलात्कार गरे । क्षणिक आवेकले अहिले दुवै जना कारागार गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक तिर्थराज गौतमले बताए ।

मालिका गाउँपालिका ७० बर्षीय हजुर बुवाले १३ बर्षीया नातिनीलाई बलात्कार गरेर फरार भए । उनलाई प्रहरीले एक महिनापछि पक्राउ गरेर मुद्धा चलायो । जिल्ला प्रहरी कार्यालयको रेकर्डका आधारमा पछिल्लो समय बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यबहारका मुद्धामा हाडनाता देखिदै गएको गौतमले जानकारी दिए । जसका कारण गुल्मीमा परिवारबाटै बालिकाहरु असुरक्षित बन्दै गएका छन् । बलात्कारका घटनाको प्रकृति र प्रवृतिले गर्दा सिङ्गो घरपरिवार र समाज असुरिक्षत बन्दै गएको महिला अधिकारकर्मी हिरा कुवंरले बताइन् । ‘बाबुबाट छोरी र दाजुबाट बहिनी बलात्कृ हुने घटनाले महिला र बालिकाहरु कहाँ जाने,’उनले भनिन,‘ अव परिवारमा कसको विश्वास गर्ने ? ।’

दुर्ब्यवहार सहन नसकेर आत्महत्या प्रयास

छत्रकोट गाउँपालिका २ का ४१ बर्षीय एक व्यक्तिले १२ बर्षीया छोरीलाई यौन दुव्र्यवहार गरे । बुवाको त्यो दुव्र्यबहार सहन नसकेपछि बालिकाले गत भदौ ६ गते झुण्डिएर आत्महत्याको प्रयास गरिन् । आफन्तले तत्काल बालिकाको उद्धार गरे । आरोपितले छोरीलाई यौनाङ्गा देखाउन लगाउने र मानसिक तनाव दिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मिन घलले जानकारी दिए । पीडित बालिकाको पाल्पामा उपचार गरियो । बुबालाई प्रहरीले प्रक्राउ गरेर बाल यौन दुरुपयोग मुद्धा दर्ता गरेको घलेले जानकारी दिए ।

दुई बर्षदेखि ८८ बर्षसम्मका बलात्कृत
मालिका गाउँपालिका २ की २९ महिनाकी बालिकाको आफ्नै २१ बर्षीय अंकलले यौनाङ्ग चलाउँदै गरेको अवस्था परिवारले फेला पारे । बालिकाको यौनाङ्ग सुन्निएपछि परिवारले प्रहरीलाई खबर गरे । प्रहरीले आरोपितलाई सोहि दिन पक्राउ गरेर आइतबार बलात्कार मुद्धा दर्ता गरेको छ । त्यस्तै केहि महिना पहिले मालिका गाउँपालिका ५ की ८८ वर्षीय बृद्धालाई १६ बर्षका एक किशोरले बलात्कार गरे ।

मानसिक सन्तुलन गुमाएका पनि बलात्कृत
बलात्कारका घटनाका विश्लेषण गर्दा जिल्लामा अपाङ्ग महिला समेत अधराधमा पर्ने गरेका छन् । उदाहरणको रुपमा इस्मा गाउँपालिका ५ का ५६ बर्षिय धन बहादुर चुँदाराले मानसिक सन्तुलन नभएकी ३५ बर्षीया युवतीलाई बलात्कार गरे । उनी अहिले जिल्ला कारागार छन् । त्यो घटना घटेको एक महिनामै सोहि गाउँपालिकामै अर्की अपाङ्ग महिला बलात्कारको शिकार भइन् । इस्मा गाउँपालिका ३ दर्लामचौरका ३६ बर्षीय देव बहादुर सार्की गत असोजमा २० बर्षीया अपाङ्ग महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत

गुल्मीमा बाल अधिकारकर्मीबाट समेत बालिका सुरक्षित भएका छैनन् । जिल्ला बाल संजालका अध्यक्षसहित अन्य दुई जना युवाले साउन दोस्रो साता तीन बालिकालाई सामुहिक बलात्कार गरे । परिवारको उजुरीको आधारमा पक्राउ परेको मदाने गाउँपालिका ७ का २१ बर्षीय सुमन पन्थी, धुर्कोट गाउँपालिका ६ का २५ बर्षीय गाडी चालक सुरज पन्थी र रेनपा ४ का ३२ बर्षीय ओम बहादुर खत्री अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बर्षेनी बलात्कारका घटना बढ्दै
जिल्ला प्रहरी कार्यालयको रेकर्डमा आर्थिक वर्ष ०७३÷०७४ मा जिल्लामा ५ वटा बलात्कारका घटना भएका थिए । त्यो संख्या आर्थिक बर्ष २०७४÷०७५ मा बढेर दोव्वर पुग्यो । प्रहरीमा ११ वटा वलात्कारका घटनाहरु दर्ता भएको प्रहरी निरिक्षक चुरामणी पुनले जानकारी दिए । गत बर्ष त्यो संख्या घटेन । १७ वटा जवरजस्ती करणीका मुद्धा प्रहरी कार्यालयमा दर्ता भएको प्रहरी निरिक्षक पुनले बताए । प्रहरीका अनुसार आर्थिक बर्ष ०७५÷०७६ मा १६ बर्षसम्मका नौ बालिका, ४० बर्ष सम्मका छ महिला र त्यस माथीका दुई महिला वलात्कृत भएका छन् ।

बलात्कारको प्रमुख कारण मदिरा

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बलात्कारको प्रमुख कारण मदिरा नै भएको बताए । बस्नेतले घटनाको अनुसन्धान गर्दै जाँदा मदिरा सेवनपछिको आवेकलले छोरी चेलिवेटी नभन्ने गरेको पाइएको बताए । ‘सवै खाले बलात्कार मदिरांगपछिको आवेकले भएका छन, त्यो संगै हत्या र अन्य हिंसाको कारण पनि मदिराकै कारण बढि छ,’उनले भने,‘घटना घटेसी जिब्रो तान्नेभन्दा योजनाबद्ध रुपमा सवै स्थानीय तह जुट्नु प¥यो ।’ उनले जिल्लामा घटेका बलात्कारका घटनाको प्रकृति र पीडितको अवस्था बुझ्दा निकै अनौठो र लाजमर्दो रहेको बताए । उनले बर्षेनी बलात्कारका दर बढ्दै गएकाले समयमै समुदाय सचेतना आवश्यक रहेको बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D