गुल्मीमा अस्वस्थ महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

अनिल खत्री
९ भदौ, गुल्मी । शारारिक तथा मानसिक रुपमा अस्वश्थ महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ म्याल बिसौना बस्ने ५६ वर्षिय धनबहादुर चुँदारालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

चुँदारालाले सोहि वडा कै ३५ वर्षिय महिलालाई ललाई फकाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रोशन खड्काले जानकारी दिए । शारारिक तथा मानसिक रुपमा अस्वश्थ महिलालाई भदौ ७ गते बिहिवार बिहान चुँदारालाले जबरजस्ती करणी गरेको प्रहरी नायव उपरिक्षक खड्काले बताए ।

जबरजस्ती करणी अभियोगमा पक्राउ परेका चुँदारालाई जिल्ला अदालत गुल्मीबाट एक हप्ताको म्याद थप गरि थप अनुसन्धान भइरहेको गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिबबहादुर खत्रीले जानकारी दिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ