gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा अन्त्येष्टी गरेको ९ दिनमा जीवितै फर्किएपछि …

गुल्मी, असार २७ । मृत्यु भयो भनेर परिवारले किरिया बसेको ९ दिनमा गुल्मीका १ जना पुरुष शनिबार जीवितै भेटिएका छन् । गुल्मी रुरु गाउँपालिका-५ श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउँपालिकामा जीवितै भेटिएको शिलापत्र डट कमको लागि बिकास पराजुलीले खबर लेखेका छन् ।

श्यामचरण भण्डारी ९ दिनपछि जीवितै भेटिएको छिमेकी मोती पौडेलले जानकारी गराए । सामान्य बिरामी खालका श्यामचरण भण्डारी केही दिनअघि रूपन्देहीको मणिग्रामबाट हराएका थिए ।

उनी हराएपछि घरपरिवार र आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने काम भइरहेको अवस्थामा गुल्मी रुरुकै साघाट भन्ने ठाउँमा १ जना पुरुषको शव भेटिएको थियो ।

९ दिनअघि नांगो अवस्थामा भेटिएको शवलाई स्थानीयले श्यामचरणको भनी किटानी गरेपछि सामाजिक परम्पराअनुसार अन्त्येष्टि गरी परिवारका सदस्य किरिया बसिएको श्यामचरणका छिमेकी मोती पौडेलको भनाइ छ ।

गुल्मी रुरु गाउँपालिका-५ बोटे गाउँका स्थायी श्यामचरणको परिवार रूपन्देहीका मणिग्राममा बस्दै आएको बताइएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D