Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा अझै हुन्छ मन्दिरमा जातीय विभेद - Gulminews

गुल्मीमा अझै हुन्छ मन्दिरमा जातीय विभेद

गुल्मी, असार ०३ । कानुनले बन्देज गरेको जातीय विभेद कतिपय स्थानमा अझैपनि कार्यान्वयन हुन सकेको छैन । यसको उदाहरण बनेको छ गुल्मीको वस्तु गाउँ । धुर्कोट गाउँपालिका वडानम्वर ५ साविक वस्तु गाविसमा दलित समुदायका जेष्ठ नागरिकहरुमाथि विभेद भएको समाचार सेलाउन नपाउँदै अर्को घटना दोहोरिएको छ ।

यो पनि पढ्नुस्: १७ दिनमा विवाह तोडियो, फिल्मी शैलीमा भयो पुनर्मिलन

समाचार अनुसार मङ्गलबार बिहान दलित समुदायका ५ बर्षीय एक बालकलाई स्थानीय कालिका मन्दिर भित्र पस्न नदिएर र टीका पातमा दिएर विभेद गरिएको हो । मन्दिरका पुजारीले धुर्कोट गाउँपलिकाका वडासदस्य टीका विश्वकर्माका नाति ५ वर्षीय बालक ग्रेसन विकमाथि विभेद गरेको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् ।

मङ्गलवार बिहान नातिलाई सातो फुकाउन भन्दै विश्वकर्माकी श्रीमती सीता विश्वकर्मा ऐतिहासिक कालिका मन्दिर पुगेकी थिइन् । त्यसक्रममा अन्य समुदायका बालबालिकाहरु मन्दिर पुगेका थिए । त्यसवेला पुजारी झविन्द्र पोखरेलले अन्य समुदायका बालबालिकाहरुलाई मन्दिरभित्रै लगेर टीका लगाइदिए पनि ग्रेसनलाई बाहिरै राख्न लगाउनुका साथै भित्रबाट पातमा टीका दिएर आफै लगाउन भनेका थिए ।

पुजारीको यस्तो व्यवहारको बालककी आमा सिताले बिरोध गरिन् । जवाफमा पुजारी पोखरेलले आफूले टीका लगाउदिन भन्ने अडान छाडेनन् । विवाद निकै बेर चल्यो । होहल्ला भएपछि दलित समुदायका मानिसहरु भेला भएपनि अन्य समुदायका मानिसहरुले खासै चासो देखाएनन् । वडासदस्य विश्वकर्माले त्यसरी जातीय विभेद गर्नु खेदजनक भएको प्रतिकृया दिए ।

स्मरण रहोस जेठ १ गतेदेखि सञ्चालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा त्यहाँका दलित समुदायका बृद्धालाई विभेद गरेको समाचार आएपछि केन्द्र सञ्चालक समितिले खण्डन गर्दै विभेद नगरेको दावी गरेको थियो ।

कालिका मन्दिर पुजा ब्यबस्थापन समितिका अध्यक्ष भुपाल भण्डारीले घटना हुँदा आफू त्यहाँ नभएको भन्दै सबैलाई निधारमा टीका लगाइदिँदा ती बालकलाई नलगाउनुपर्ने कुनै कारण नरहेको बताए । उता वडाध्यक्ष ढुण्डिराज भण्डारी र धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले विभेदको उजुरी परे कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए । -रातोपाटी डट कमबाट

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D