गुल्मीबाट एसइईमा चारहजार बढी विद्यार्थी सहभागी हुँदै, २८ जना परीक्षा दिनबाट बञ्चित

रमेश विश्वकर्मा
गुल्मी, फागुन ३० । गुल्मी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ४ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत्र ६ गते देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा जिल्लाका १ सय ४५ वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । उनले छात्रा २ हजार ५ सय १५ जना र छात्र २ हजार १ सय ९२ जना परिक्षामा सहभागी हुने बताए । नियमिततर्फ ४ हजार ६ सय २८ जसमा छात्रा २ हजार ४ सय ८४ र छात्र २ हजार १ सय ४४ जना सहभागी हुनेछन् । त्यस्तै आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ ७९ जना जसमा छात्रा ३१ जना र छात्र ४८ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ ।

चैत्र १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई)मा सधारणतर्फ ४ हजार ४ सय ७४ जसमा छात्रा २ हजार ४ सय ८ र छात्र २ हजार ६६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका शाखा अधिकृत महेन्द्र सुवेदीले बताए । जिल्लामा अहिले १६ वटा विद्यालयमा प्राविधिक शिक्षा संचालनमा आएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिए । उनका अनुसार यस वर्षको एसईईमा ६ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् ।

जसमा रेसुङ्गा मावी तम्घास, उदय मावी शान्तिपुर, पाञ्चायन मावी जैसिथोक, जनज्योति मावी रिमुवा, हिमालय मावी हस्तिचौर, जनबोध मावी रानीबासका १ सय ५१ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् । छात्रा ७३ जना र छात्र ७८ जना सहभागी हुने । रेसुङ्गा मावी तम्घास र जनज्योति मावी रिमुवाबाट सिभिल इन्जिनियरिङ र अन्य ४ वटा विद्यालयबाट बालीबिज्ञान अध्ययन गरेका परिक्षार्थीहरु सहभागी हुने प्राविधिक सहायक पौडेलले बताए । जिल्लाको एक जना छात्र विद्यार्थी काठमान्डौ कारगारबाट परिक्षामा सहभागी हुने इकाइ प्रमुख ज्ञवालीले जानकारी दिए ।

२८ जना विद्यार्थी परिक्षा दिनबाट बञ्चित

गुल्मी जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) दिनबाट २८ जना विद्यार्थी बञिचत भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । जसमा छात्रा १८ जना र छात्र १० जना रहेको इकाइ प्रमुख ज्ञवालीले बताए । ७० प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फाराम भरेका तर विभिन्न कारणले बिद्यालय आउन नसकेका बिद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित भएका हुन ।

२६ वटा परिक्षा केन्द्र

आगामी चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई)को तिव्र रुपमा तयारी भैरहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस वर्षको परिक्षालाई व्यवस्थित र मर्या्दित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । जुन विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक नै स्वत स् त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको इकाइ प्रमुख ज्ञवालीले बताए । अहिले परिक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम भईरहेको छ इकाइ प्रमुख ज्ञवालीले भने,‘दुई तीन दिनमै जिल्लाका २६ वटै परिक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्‍याउँछौ । अनि प्रश्नपत्र पनि सम्बन्धित परिक्षा केन्द्र भएको प्रहरी चौकीमा छिट्टै पुर्याउँछौ ।’

केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण तालिम

परिक्षालाई व्यवस्थित र मर्या्िदत बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा रहेका २६ वटा परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई आगामी चैत्र २ गते जिल्लाको सदरमुकाम तम्घासमा अभिमुखिकरण तालिम दिईने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । उनले सोही दिन सबै केन्द्राध्यक्षहरुलाई नियुक्ति पत्र र परिक्षा सामग्री हस्तान्तरण गर्ने बताए ।

परिक्षार्थी शारीरिक रुपमा अशक्त भएमा सहयोगी लेखकको व्यवस्था गरिदिने इकाइ प्रमुख ज्ञवालीले भने,‘सम्बन्धित विद्यालयको प्रधानाध्यापकले बढिमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीलाई सिफारिस गरेर पठाएको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइले केन्दाध्यक्षलाई अनुरोध गर्नेछ ।’ परिक्षालाई व्यवस्थित र मर्या्िदत बनाउनका लागि जिल्ला परिक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परिक्षाका लागि आवश्यक व्यवस्थापन गरेको बताईएको छ । परिक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली समेत तयार गरिएको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D