gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीन्युजमा खबर छापिए पछी खुट्टा कुहिएकी पुतली रानालाई काठमाण्डौ पठाइयो

टोपलाल अर्याल
गुल्मी, ७ असार । खुट्टा जलेर बेहाल बनेकी मुसिकोट नगरपालिका ३ की पुतली रानालाई उपचारको लागि काठमाण्डौ पठाइएको छ । उनको किर्तिपुर अस्पतालमा उपचार हुने गरेर प्रबन्ध मिलाइएको छ । उनको तत्कालको हेरचाहको लागि दुई जना छिमेकीहरुसंगै गएका छन् ।

नगरपालिको तर्फबाट एम्बुलेन्स भाडा २५ हजार र उपचारको लागि नगद २५ हजार प्रदान गरिएको छ । सहयोग र उद्धारको लागि मेयर जीवन खरेल, उपप्रमुख गंगा श्रेष्ठ, स्वास्थ्य संयोजक डिबी जिसी, वडाध्यक्ष शंकर रायमाझी र वडा सदस्य सावित्रा भण्डारी लगायत राना भएकै ठाउँमा पुगेका थिए । उनको घर बागलुङको बडिगाड गाउँपालिका वडा २ दनियाँ हो । उनको श्रीमान छैनन । छोराछोरीले पनि हेर्न छोडे जसका कारण चार महिना पहिले माइती गाउँ मुसिकोटमा बस्दै आएकी थिइन । माईतीले दिएको सानो बास छ ।

तीन महिना अघि चिया पकाउने क्रममा खुट्टा जल्यो । उपचार गर्ने उपाय भएन । घाउ बल्झिँदै गएकाले अहिले किरा परेर बेहाल भएको थियो । विभिन्न मिडियाकर्मीहरुको पहल र नगरको सहयोगमा रानाको उद्धार गरेर उपचार गर्न काठमाण्डौ पठाइएको हो । किर्तिपुर अस्पतालमा सकेसम्मका सवै उपचार निशुल्क र आवश्यक परे आर्थिक सहयोगको लागि एक संस्थाको व्यावस्थापन भएको छ । रानाको अवस्था पत्रकार दिपक नेपाली र गुल्मीन्युज डट कम सहित नयाँ पत्रीका लगायत मिडियामा मुख्य खबरको रुपमा प्रकाशन भएका थिए ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D