gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीको समानुपातिक मत कांग्रेस एमाले हाराहरीमा

प्रेम सुनार
गुल्मी, मंसिर–२५ । आज विहान देखि सुरु गरिएको समानुपतिक तर्फको मत गणनामा नेपाली कांग्रेस र नेकपा एमालेको मत हाराहारी जस्तै देखिएको छ । क्षेत्र नम्वर २ को प्रदेश १ मा प्रतिनिधी सभा तर्फको मत गणना हुँदा रुख चिन्हमा १० हजार भन्दा केहिबढि मत खसेको निर्वाचन अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए ।

दिउँसो २ वजे सम्म मुसिकोट नगरपालिका ४ वडा , ईस्मा गाउँपालिकाका ४ वटा वडा र रेसुङ्गा नगरपालिकाका ४ वडा मत गणना सकिएको छ निर्वाचन अधिकृत न्यौपानेले भने अहिले सम्म १०७५८ मत गनिएको छ । उनका अनुसार खसेको उक्त मत मध्ये रुख चिन्हमा प्रतिनिधी सभा तर्फ रुखमा ४३ सय ९९ । सुर्यमा ४९ सय ५७ , गोलाकार भित्रको हसिया हतौडामा ३ सय ४६ मत खसेको छ ।

त्यस्तै गाई चिन्हमा ६२ , छाता २ , गोलाकार भित्रको हलो ६ , हसिया तारा १५ , गिलास १ सय १२ , घर ५ , गोरु गढा ४० , देव्रे आँखा १४ , गाग्री १ , मादल १ । त्यस्तै प्रदेश तर्फ रुख ४१ सय ९२ , सुर्य ४७ सय ६१ , हसिया हतौडा ३ सय ५४ मत खसेको छ । त्यस्तै गाई ६२ , छाता ७ , हलो ७२ , हातले छोपेको मशाल २ , हँसिया तारा १४ , गिलास ९४ , घर २ , गोरु गढा ३० , गाग्री १ , देव्रे आँखा १७ र वस २ मा मत खसेको छ । क्षेत्र नम्वर २ मा कुल मत ५८ हजार ५९ मत खसेको थियो । सदर मत ५५ हजार ८ सय ५१ रहेको थियो । २ हजार २ सय ८ बदर भएका थिए ।

त्यस्तै क्षेत्र नम्वर १ को कालिगण्डकी, चन्द्रकोट र सत्यवतीका ४ ÷ ४ वडाहरुमा गणना भएको प्रतिनिधी सभाका लागि रुखमा ४ हजार ५२ , सुर्यमा ४ हजार १ सय ९८ र हँसिया हतौडामा १२ सय ८१ मत खसेको प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए । दिउँसो २ वजेर ४५ मिनेट जाँदा सम्म कुल १० हजार ५ सय ९९ गणना भएको छ । त्यस मध्ये ४ सय ९९ मत बदर भएको न्यौपानेले बताए । त्यस मध्ये गाई चिन्ह्रमा ३३ , छाता १ , हलो ११ , हातले छोपेको मशाल १ , हसिया तारा १६ , गिलास १ सय ९९ , मादल १ , घर ७५ , गोरु गढा १३ , देव्रे आँखा २१ , भाले २ मुठी ५० , तराजु १ सय ३ र केराको वोक्रो १ , सतकोण २ , दाव सहितको खुकुरी १ , पृथ्वी १ , भुँईकटहर १ , दुई वटा आँखा १ कोदालो चिन्हमा ३ , मोटर साईकलमा १ र करुवा चिन्हमा २ मत परेको छ ।

प्प्रदेश तर्फ रुखमा ३७९५ , सुर्यमा ३९५० , हसिया हतौडामा १४५५ मत खसेको छ । गाई ३४ , हलो २० , हातले समाएको मशाल २ , हसिया तारा १३ , गिलास २११ , घर ७७४ , गोरुगाढा ७ , देव्रे आँखा ४४ , वस १ , आयतकार हलो ७ , भाले ६ , मुठी ३७ , तराजु ८६ , सतकोण ५ , कमलको फुल २ , कोदालो ३ र करुवा चिन्हमा २ मत खसेको छ । समानुपातिक मत पर्सी ३ वजे सम्म सक्ने गरी गणना भएको प्रमुख निर्वाचन अधिकृत न्यौपानेले बताएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D