गुल्मी क्षेत्र नम्वर १ बाट नेकपा मालेका ज्ञवालीद्वारा उम्मेदवारी फिर्ता

प्रेम सुनार
गुल्मी, कार्तिक १९ । नेकपा मालेका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार भरतमणी ज्ञवालीले उमेदवारी फिर्ता लिएका छन् । उनी र अर्का स्वतन्त्र उमेदवार विष्णु प्रसाद खत्रीले पनि आज उमेदवारी फिर्ता लिएको प्रमुख जिल्ला निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।
नेकपा मालेका प्रभावशाली नेता ज्ञवालीले अव च्याँखे मात्रै थापेर नहुने र नेपालको वामशक्तिलाई बलियो बनाउनु पर्ने देखेर आफुले वामगठबन्धनलाई सघउन उमेदवारी फिर्ता लिएको बताए ।
गुल्मीको रुरु गाउँपालिका वम्घा घर भएका नेता ज्ञवालीको उमेदवारी फिर्ता र वामगठबन्धनलाई समर्थनले प्रतिनिधी सभाका उमेदवार प्रदिपकुमार ज्ञवाली सहितका क्षेत्र नम्वर १ का वामवगवन्धनलाई थप वल पुगेको उमेदवारहरुले बताएका छन् । १ नम्वर क्षेत्रका उमेदवार ज्ञवालीले निर्वाचन अघि अरु कम्युनिष्टहरु पनि वामगठबन्धनमा आउने र गठबन्धन बाहेका सर्वसाधरणले पनि आफुलाई भोट दिने दावी गरे ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D