gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीको महेन्द्र नमुना माविले शुरु गर्‍यो अनलाइन कक्षा

मनु सुनार
गुल्मी, बैशाख ११ । गुल्मीको महेन्द्र नमुना माध्यमिक बिद्यालय तम्घास गुल्मीले अनलाइन माध्यमद्धारा पठनपाठन शुरु गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा अवस्थित महेन्द्र नमुना माध्यमिक बिद्यालयले आफ्ना एस.ई.ई.परीक्षा दिने विद्यार्थीहरुलाई मध्यनजर गर्दै अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गरेको हो।

नमुना सामुदायिक बिद्यालयको रुपमा रहेको त्यस बिद्यालयले एस.ई.ई दिने विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन अनलाइनको माध्यमबाट पठनपाठन कार्य सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताए।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण शिक्षा क्षेत्रलाई पारेको असरलाई मध्यनजर गर्दै एस.ई.ई. दिने परीक्षार्थीको पढाइलाई निरन्तरता दिन अनलाइनका माध्यमबाट पठनपाठन सुरु गरिएको बताउँदै उहाँले पछि अन्य कक्षाहरुका विद्यार्थीलाई पनि अध्यापन गराउने तयारी गरिएको अध्यक्ष पाण्डेले बताए ।

एस.ई.ई.दिने परीक्षाथीलाई सम्पर्क गर्ने एवम् विभिन्न माध्यमवाट उनिहरुलाई पठनपाठनको लागि सहजिकरण गर्ने कार्य भैरहेको भएता पनि वर्तमान यस परिस्थितिमा इन्टरनेटको सुविधा भएका विद्यार्थीहरुलाई अनलाइन कक्षा प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक युवराज ज्ञवालीले बताए।

अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकहरुद्धारा एकिकृत भिडियो संवाद

यहि बैशाख ८ गते त्यस विद्यालयमा अध्यापनरत शिक्षकहरुको एकिकृत भिडियो संवाद भएको थियो। अनलाइन माध्यमबाट भएको शिक्षकहरुको एकिकृत भिडियो संवादमा आवश्यक परामर्शगरी विहिबार बाट अनलाइन कक्षा सुरु गर्ने छलफल भएको प्रधानाध्यापक युवराज ज्ञवालीले बताए।

पहिलो दिन आज २० जना भन्दा बढि विद्यार्थीहरुलाई विज्ञान शिक्षक रोम विश्वकर्माद्वारा दिउसो २ः०० बजेदेखी ४ः०० बजेसम्म अध्यापन गराइएको ज्ञवालीले जानकारी दिए। साथै विद्यार्थीको आवश्यकता अनुसारका विषयमा समय व्यवस्थापन गरी यो कार्यक्रमलाई निरन्तरता दिइने शिक्षक लक्ष्मी अर्यालले बताइन्।

सरकारले लकडाउन गरेका कारण वर्तमान अवस्थालाई ख्याल गरी सुचना र प्रविधिको प्रयोग गरेर अनलाइन माध्यमबाट कक्षा संचालन गरेकोमा विद्यार्थी र अभिभावक खुसी भएका छन। त्यस बिद्यालयबाट ८२ जना बिद्यार्थीले एस.ई.ई परिक्षा दिने तयारीमा रहेका छन्। महेन्द्र नमुना माध्यमिक बिद्यालयलाई प्रदेश पाँच सरकारले पुरस्कृत समेत गरेको थियो।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D