गुल्मीको बिद्यालयको हिरक महोत्सवमा आर्थिक संकलन गर्न बुटवलमा उपसमिति गठन

कौरव खत्री
बुटवल, २२ पौष । गुल्मीको जनज्याति माध्यमिक विद्यालयले महोत्सवलाई सफल बनाउनका लागि आज एक भेला बुटवलमा सम्पन्न भएको छ ।

शनिवार बसेको भेलाले उमानन्द घिमिरेको संयोजकत्वमा १३ सदस्यीय आर्थिक संकलन गर्नका हिरक महोत्सवको उपसमितिको गठन गरिएको छ । समितिको सह संयोजक लिलाधर गौतम,सचिव बुद्ध पौड्याल रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरुमा भिम बलामी, डाइमन गिरी, गुनाखर चालिसे, चुरामणि पौड्याल, लक्ष्मण आचार्य, माधव घिमिरे, कमलप्रकाश भूषाल, जमुना भूषाल, उजेली पौड्याल, केदार पौड्याल रहेका छन् ।

बुटवलमा बसेर विभिन्न पेसा व्यवसाय अध्ययन अध्यापन गदै आएका समाजसेवी बुद्धिजीवी,शिक्षाप्रेमी लगायत पौदीबासीहरुको सहभागिता रहेको बुटवल क्षेत्रबाट आर्थिक संकलन गर्नका लागि महोत्सवलाई सफल बनाउन र सहयोग पु¥याउने हेतुले बुटवलमा उक्क्त आर्थिक संकलन उपसमिति गठन गरिएको हो ।

विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा आउँदो फागुन १ देखि ९ गतेसम्म विद्यालयले हिरक महोत्सव गर्न लागिएको विद्यालयका प्रधानाध्यापक आचार्यले जानकारी दिए ।

भेलामा विद्यालयका पूर्व अध्यक्ष हिरा बहादुर गिरी, विव्यस अध्यक्ष भूपेन्द्र रायमाझी,पौदेली सम्र्पक समाज रुपेन्दीका अध्यक्ष लिलाधर गौतम, महोत्सवका आर्थिक संयोजक सुवेदार जित बहादुर पाठक लगायत बुटवलमा बसेर विभिन्न पेसा व्यवसाय अध्ययन अध्यापन गदै आएका समाजसेवी बुद्धिजीवी,शिक्षाप्रेमी लगायत पौदीबासीहरुको सहभागिता रहेको थियो ।

महोत्सवका संयोजक पुर्ण बहादुर हितानको अध्यक्षता रहेको भेलाको सञ्चालन विद्यालयका विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले गरेका थिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D