gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको बिकास भिजन हामीसँग छ: नेता भण्डारी

अनिश शर्मा गैरे
गुल्मी, कार्तिक १९ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का काँग्रेसका उम्मेद्वार चन्द्र भण्डारीले गुल्मी जिल्लालाइ बिकासमा कस्तो बनाउने भिजन आफुसँग भएको बताएका छन ।आइतबार घरदैलो अभियानको क्रममा बिभिन्न कार्यकर्ता भेटघाट कार्यक्रम गर्दे उनले गुल्मी जिल्लामा बिकासमा आफुले धेरै कामहरु गरेको बताए । उनले आफुले जिल्लामा अहिले सम्म गरेका हरेक कामहरुको डकुमेन्ट नै बनाएर जनतामाझ पुर्याउने बताउँदै आफुले अझै बिकास र प्रगतीका काम गर्नको लागि उम्मेद्वारी दिएको बताए ।

उनले बिभिन्न बादका कुराहरु गर्नुभन्दा पनि बिकासका कुराहरु गरेर ती बिकासका योजनाहरु साकार पार्नेमा आफु सदैब केन्द्रित रहेको बताए ।

त्यसैले गुल्मीको समुन्नतीको लागि अब रुख चिन्हमा मतदान गरी आफुलाइ जिताउन उनले आग्रह गरेका छन । अभियानको क्रममा उनलाइ बडिगाड नदिको किनारमा रहेका बस्तीका बासिन्दाहरुले नदिले आफुहरुको धेरै क्षती गरेको भन्दै यसको ब्यबस्थापनामा पहल गर्न माग गरेका थिए ।

जवाफमा भण्डारीले आफु त्यसको साथसाथै अन्य धेरै कामहरुको योजना लिएर अगाडी बढेको बताए । जनताको भरियाको रुपमा आफुलाइ बताउँदै उनले जनताको नोकर भएका काम गर्ने बताए । त्यसैले पनि फेरी एक पटक आफुलाइ काम गर्ने मौका दिन उनले आग्ह गरे ।

आज रीडिमा वडा नम्बर पार्टीको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरीएको छ भने पाकोटm खैरेनी लगायतका क्षेत्रमा बिशेष कार्यकर्ता भेला पनि गरीएको नेता भण्डारीले जानकारी दिए । सो अवसरमा प्रदेश सभा सम्मेद्वार पृथ्वी फौजदार, सत्यवती गाँउपालिका प्रमुख पारीश्वर ढकाल, काँग्रेसका निवर्तमान सांसद कृष्ण छन्तेल लगायतका काँग्रेसका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसैबिच गुल्मी क्षेत्र नम्बर २ का उम्मेद्वार चन्द्र केसीले आफुले जितिसकेपछि जनताका आबश्यकता परिपुर्ति गर्ने गरी काम गर्ने बताएका छन ।

उनले आफुले जनतासामु काम गर्ने एक अवसर दिन आग्रह गर्दे चुनावमा होमिएको बताउँदै क्षेत्र नम्बर २ तथा समग्र गुल्मीको बिकासमा काँग्रेसको नेतृत्व सम्पन्नता ल्याउने बताएका छन । त्यसैगरी प्रदेश क का उम्मेद्वार शालीक पन्थीले आफुहरुले जनताको बिकासको पहरेदारको रुपमा काम गर्नको लागि अभियानमा लागेको बताए ।

उनले अब केही दिनमै चुनावी प्रचार अभियानमा आफ्नो टिम लाग्ने बताएका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D