गुल्मीको पहिलो शैक्षिक गोष्ठी धुर्कोटमा

प्रेम सुनार
बुटवल, पुस १३ । विकासको मुख्य आधा।र शिक्षा क्षेत्र बनाउँदै शिक्षाविद् र सम्पुर्ण विद्यालयका शिक्षकहरु जुटाएर गुल्मीको धुर्कोट गाउँपालिकाले जिल्लाका १२ वटा स्थानिय तह मध्ये पहिलो पटक दुई दिने शैक्षिक गोष्ठीको आयोजना गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि ‘धुर्कोट शैक्षिक गोष्ठी–२०७५’ शुक्रबार प्रदेश सांसद दिनेश पन्थीले उद्घाटन गरेका छन । भोली सम्म चल्ने गोष्ठीमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक विकास विना कुनै पनि क्षेत्रको विकास नहुने भन्दै शिक्षा विदहरु र धुर्कोटका सम्पुर्ण विद्यालयका शिक्षक जुटाएर गोष्ठी गर्न लागिएको बताए ।

पोखरलद्धारा प्रस्तुत कार्यपत्र अनुसार धुर्कोट गाउँपालिका भित्र ४७ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयहरु रहेका छन । त्यसमध्ये सामुदायिक विद्यालयमा कुल ६ हजार २६ जना विद्यार्थीहरु छन । त्यस मध्ये पुरुष विद्यार्थी २ हजार ९ सय १२ जना रहेका छन भने महिला विद्यार्थी ३ हजार १ सय १४ जना रहेका छन । त्यस्तै धुर्कोट गाउँपालिका भित्र कुल ३ सय २० जना शिक्षकहरु रहेका छन । त्यस मध्ये पुरुष शिक्षकको संख्या १ सय ९७ जना र महिला शिक्षकको संख्या १ सय २३ जना रहेका छन ।

जिल्लामा पहिलो पटक विद्यालय स्थापना गर्ने धुर्कोट र रिडी मानिदै आएको छ । प्रधानध्यापक आदेश नदेउ काम गरः पाठक गोष्ठीमा सामुदायिक विद्यालयहरु मध्ये देश कै नमुना र २०७१ देखि लगतार चार बर्ष सम्म राष्टिय पुरस्कार प्राप्त र यस बर्ष राष्टपतिद्धारा असल शिक्षकका रुमा सम्मानित भएका कालिका मानव ज्ञान मााध्यामिक विद्यालय , बुटवल कालिका नगरका प्रधानध्यापक घनश्याम पाठक प्रमुख सहजकर्ता रहेका छन ।

उनले प्रधानध्यापकहरु हाकिम बनेर आफु भन्दा तलका शिक्षकहरुलाई आदेश मात्रै दिने तर आफुले भने काम नगर्ने र तलकाहरुले फेरी आदेश नदिए सम्म काम नै नगर्ने प्रबृति हावी भएका कारण सामुदयिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुन नसको बताए । उनले राजनैतिक जुत्ता विद्यालय बाहिरै खोलेर शिक्षकहरु विद्यालय भित्र प्रवेश गर्नु पर्ने र त्यस विद्यालयमा सवै भन्दा बढि विपक्ष राजनैतिक दलमा आश्था राख्नेहरुलाई खुशी पार्नु पर्ने सुझाव दिए ।

तत्कालिन शिक्षामन्त्री दिननाथ शर्मा संग लडेर आफ्नो कालिका मानव ज्ञान माध्यामिक विद्यालयका शिक्षकहरुले सरकारले दिएको शिक्षकहरुको डे«श बहिस्कार गरेर आफैले रोजेको डे«श लगाउँदै आएको बताउँदै उनले यूस्तो प्रश्न गरे –‘ शिक्षकहरुले रोजेको कपडा लगाउने हो कि , कसैले तोकेको लगाउने हो ? ’ उनले यो देशमा संविधान बढि उलङघन ं कसैले गरेको छ भने सरकारले नै गरेको बताए । कक्षा ८ सम्म निशुल्क र अनिवार्य शिक्षा संविधानमा लेखेको छ तर त्यसै सरकारले त्यसको उलङघन न गरेको छ, यो भन्दा लज्जाको विषय अरु के हुन सक्छ ? ’ उनले आक्रमक हुँदै थपे–‘प्रधानध्यापक भनेका ‘हेड’ हुन , जो चुनावताका कुनैराजनैतिक दलको भोट माग्न जान्छन भने उनिहरु हेड होईननन पुच्छर हुन , त्यसरी पुच्छर हुन कोही नजानुस ।’ त्यस्तै कुनै समय अत्यन्तै कमजोर रहेको गुल्मी तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको शैक्षिक गुणस्तरलाई अहिले राष्ट्रिय रुपमै शैक्षिक गुणस्तर माथी पुराउन सफल र राष्ट्रिय पुरस्कार प्राप्त त्यस विद्यालयका प्रधानध्यपक प्रेमनारयण भण्डारी र त्यस्तै तम्घास कै शिद्धबाबा माध्यामिक विद्यालयका प्रधानध्यापक डोरविक्रमम श्रीसले पनि शिक्षकहरुलाई सहजीकरण गरिरहेका छन ।

त्यस गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मधुप्रसाद घिमिरे यस अघि शिक्षा शाखा प्रमुख छँदा धुर्कोट भित्रका बिद्यालयहरुको शैक्षिक अवस्थाको अध्यान गरेका थिए । सोही अनुरुपम शिक्षकको गुणस्तर बृद्धि गरिदै आएको छ । त्यस गाउँपालिकाका लेखापाल शिवहरी खनालले यस चालु आर्थिक बर्षका लागि शैक्षिक क्षेत्रको गुणस्तर बृद्धिका लागि ५५ लाख छुट्टाएको जानकारी दिए । गोष्ठीमा प्रमुख अतिथी सांसद दिनेश पन्थी , शिक्षा विकास समन्व्य ईकाईका प्रमुख थानेश्वर घिमिरे वडाका वडाध्यक्षहरुको बिशेष आतिथ्यता रहेको छ । गोष्ठीमा त्यस गाउँपालिकाका सात वटैे कार्यपत्र प्रस्तुत गरेका थिए ।

गाउँपालिका प्रमुख पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख शिबबहादुर खत्रीको स्वागत मन्तब्य र हिमालय माविका सहयाक प्रधानध्यापक कृष्णप्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D