gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको नेटामा माघी मेला सम्पन्न, भलिवलमा तुल्सी स्मृति युवा क्लव बिजेता

टोपलाल अर्याल
गुल्मी, १ माघ । मालिका गापा १ नेटाको जैसीपोखरामा माघी मेला सम्पन्न भएको छ । मंगोलियन युवा क्लवको आयोजनामा मेला आयोजना गरिएको थियो । मेलाको अवसरमा पुस २९ गतेदेखि संचालन भएको भलिवल प्रतियोगीतामा ८ समुहको सहभागीता रहेको थियो । प्रतियोगीतामा तुल्सी स्मृति युवा क्लव बिजेता बनेको छ ।

त्यस्तै आयोजक मंयोलियन युवा क्लवको ए समुहले भने उपबिजेतामै चित्त बुझायो । बिजेता समुहले ८ हजार प्रमाण पत्र र उपबिजेताले ५ हजार र प्रमाण पत्र पाएका छन् । बिजेता समुहलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथी वडाध्याक्ष इन्द्र बहादुर घर्तिले संस्कृति संरक्षणसंगै खेलकुदको क्षेत्रमा युवा समुहले देखाएको सक्रियाताको प्रसंसा गर्नुभयो ।

साथै घैटोफोर प्रतियोतितामा हिमाल विश्वकर्मा उत्कृष्ट भएका छन् । स्थानीय मौलिक भैलो नाच तथा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

क्लवका अध्यक्ष रनमाया पुनको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव ढाल बहादुर बाहोराले गर्नुभएको त्यहाँबाट मिना विश्वकर्माले खबर पठाउनुभएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D