gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीको नाममा: मेरो जिल्लाबाट २-२ जना मन्त्री भए भनेर खुसीले छाती पिटेर बधाई लेखुँ कि……?

हेमन्त गिरी
म ५१ सालमा मधेश झरेको हुँ । त्यतिबेला चोरकाटे, मजुवा, भुवाचिदी हुँदै वामी खारा सम्म ट्रयाक्टर गइसकेको थियो । यसको मतलब हुन्छ, जीप चल्न सक्ने बाटो उतिबेलै बनेको हो । जीप/बस (सार्वजनिक यातायात ) चल्नको लागि समस्या मजुवाको हुग्दी खोला, उल्लीखोलाको ठाडो खोला र रूद्रवेणीमा बड़ीघाटले पारेको थियो । यद्यपी बर्ख़ामा उताका गाडी उतै र यताका गाडी यतै हुने शर्तमा व्यवसायीहरुले जोखिम मोलेर भनौं या त्यो क्षेत्रमा हुने सवारी चाप बाट प्रशस्त कमाइ हुने देखेर गाडी चलाए ।

hemant giri
हेमन्त गिरी

धेरै समय पछि बल्ल रूद्रवेणीको र केहि समय अघि मात्र मजुवाको पुल बने । जे होस, गुल्मीमा रिडी-रूद्रवेणी-वामी-बुर्तीबाङ गाडी चले । यात्रुहरु गाडी चढ्न पाए । कसरी चले र कसरी चलिरहेका छन जगजाहेरै छ । यसबिचमा को-को संसद भए, को-को मन्त्री भए त्यो पनि जगजाहेर छ । म कसैलाई दोष दिन चाहन्न । त्यही बाटोमा घर पर्ने व्यापारीहरुका करोडौंका घर-जग्गा बुटवलमा होलान् । त्यही बाटोमा घर पर्ने किसान/मजदूरका घर खेत लिलामी भएर मज़दूरीका लागि छोरा छोरी खाडी र भारत पलायन पनि भएका छन् । त्यो विकासले कसैलाई बेस्सरी पुगेको होला त कसैलाई निल्नु न ओकल्नु भएको पनि होला । विकास कति भएको छ र कसलाई कति पुगेको छ, त्यो त्यहाँका बासीन्दाले जान्ने कुरा भयो । यहाँ नेर पनि मैले कसैलाई दोष दिन चाहन्न ।

तर आज लाग्दैछ, गुल्मीका सुदिन आएका छन् । दुई वटै क्षेत्रबाट मन्त्री पाएको छ गुल्मीले । काम गर्नु अघि खुट्टा तान्नु कसैको हुँदैन । तर ५० सालमा ट्रयाक्टर गएको व्यस्त बाटोमा बस लैजान १५ वर्ष लाग्छ भने त्यही गतिको विकासले गुल्मेलीको विकासको भोक मेट्ला ? यो प्रश्न प्रदीप जी र गोकर्ण जीलाई हो ।

मैले यहाँ बाटोको मात्र कुरा जोड़ें । विकास भनेको सिक्षा, स्वास्थ्य र मानवीय चेतनामा पनि हुनुपर्छ । दलित पिटिएका धेरै जसो खबर गुल्मी बाट नै आउँछन । ज़िल्ला अस्पतालका डरलग्दा खबर पनि गुल्मी बाट नै आउँछन । शिक्षामा चाहिं लोकसेवाको क्षेत्रमा परिणाम हेर्दा सन्तोष मान्ने ठाउँ छ । खानेपानीको लागि दौंघा तिर एक चक्कर लगाए देखिहालिन्छ । अत्यधिक जंगल (निजी वा सार्वजनिक) फंडानीले पहिरोको उच्च जोखिममा गुल्मी नै छ । धन्न प्रायःजसोका घर अथवा घडेरी तराईमा वा राजधानीमा छन् र टेन्सन छैन । तर जुन गतिमा गुल्मी जत्तिको सहज र सुगम पहाड़ी ज़िल्लमा विकासको काम भइरहेको छ, त्यो कत्ती पनि चित्तबुझ्दो छैन ।

म गुल्मेली ठिटो, मेरो जिल्लाबाट दुई दुई जना मन्त्री भएका छन् भनेर खुसीले छाती पिटेर बधाई लेखुँ कि खबरदार कमरेड अब यस्तो चालाले हुँदैन भनुँ ? मेरो पहुँचमा कमरेडहरु हुनुहुन्न, पहूँच हुनुहुनेले यो सन्देश उहाँहरु समक्ष पूर्याउन सहयोग गरिदिनुभएमा आभारी हुने थिएँ ।
(हामीले यो पोस्ट गिरीको फेसबुक वालबाट सभार गरेका हौ ।)

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D