gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको नमुना बिद्यालयको नमुनै बिबाद: व्यवस्थापन समितिको निर्णय नगरपालिकाद्धारा खारेज

हुमाकान्त पोखरेल
गुल्मी, १२ भदौ । रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति बैठकको निर्णय रेसुङ्गा नगरपालिकाले खारेज गरेको छ । समितिको गत साउन ९ गते बसेको प्रध्यानाध्यापक नियुक्तिसम्बन्धी निर्णय नगरपालिकाले खारेज गरेको हो ।

९ गते बसेको बैठकले प्राधानाध्यापकमा शिक्षक युवराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले उक्त निर्णय खारेज गरेको हो । निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा केशर बहादुर थापालाई नियुक्त गरिएको छ । ज्ञवालीलाई विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफु निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीमाथि छलफल गर्दै नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको निर्णय खारेज गर्दै थापालाई नै प्रअ बनाउने निर्णय गरेको हो । नमुना माध्यमिक विद्यालय संचालन निर्देशिका २०७४ को सशोंधन २०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउने सम्बन्धी व्यवस्था छ । त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीन जनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ । छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेद्धार बन्ने व्यक्ति ५ बर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्युनतम ७० अकं आएको हुनुपर्छ । तर सो नियमबिपरित प्रध्यानाध्यापकमा ज्ञवालीलाई नियुक्त गरेको भन्दै नगरपालिकाले निर्णय बदर गरेको नगरप्रमुख डिल्लिराज भुसालले जानकारी दिए ।

अल्पमतको निर्णय, दुईजना प्र.अ.

महेन्द्र नमुना माविमा शिक्षक प्रतिनिधिसहित कुल ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति छ । कुनै पनि व्यवस्थापन समितिमा प्रध्यानाध्यापक नियुक्त गर्दा बहुमत अनिवार्य हुनुपर्छ । उक्त निर्णयमा प्रअ हुने व्यक्तिले गरेको हस्ताक्षर मान्य हुँदैन । तर ९ गतेको बैठकमा विद्यालयका प्रध्यानाध्यापक थापा विदामा थिए । शिक्षक प्रतिनिधिको रुपमा ज्ञवालीले नै हस्ताक्षर गरे र अध्यक्षसहित पाचँ जनाको बहुमत बनाई ज्ञवाली प्रध्यानाध्यापक बने । अर्का प्रध्यानाध्यापक विदामा भएकोले उनले पनि राजिनामा दिएका थिएनन् ।

त्यसकारण महेन्द्र नमुना माविमा केहि समयसम्म थापा र ज्ञवाली गरी दुईजना नै प्र.अ. रहे । ज्ञवालीलाई प्रध्यानाध्यापक बनाउँदा समितिमा उपस्थित अन्य तीन जना सदस्यले बैठक नै बहिस्कार गरेका थिए । पछि व्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थी, सदस्य अखिलेश्वर प्रसाद पाण्डे, घनश्याम पाण्डे र पार्वती गौतमले हस्ताक्षर गरी ज्ञवालीलाई प्र.अ. बनाएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थीले नगरपालिकाले हस्तक्षेप गरी निर्णय खारेज गरेको बताए । नियमसङ्गत ढङ्गले प्रध्यानाध्यापक नियुक्त गरेपनि नगरपालिकाले स्वीकार नगरेको उनको भनाई छ । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुसालले बैठकको निर्णय कानुनविपरित भएकोले खारेज गरीएको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D