gulminews logo
बिहीबार, २०८१ बैशाख २७

गुल्मीको धुर्कोटमा धार्मिक महोत्सव हुने, ३० वटा उपसमितिहरु गठन गरियो

हुमाकान्त पोखरेल
२१ माघ, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको धुर्कोट कोटमा ‘श्रीमत भागभत सप्ताह धुर्कोट धार्मिक महोत्सव’ हुने भएको छ । शनिबार धुर्कोट कोटको प्राङ्गणमा गाउँकार्यपालिका र स्थानिय बिचको छलफल तथा अन्तरक्रियाले महायज्ञ गर्ने निर्णय गरेको हो । चैते दसैँको अवसर पारेर चैत ४ गतेदेखि १० गतेसम्म कोट पाङ्गणमा धार्मिक महोत्सव गर्न लागिएको हो ।

महोत्वस धुर्कोट कोट मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा धुर्कोट गाउँपालिकाको समन्वयमा सम्पन्न हुन लागेको हो । महोत्वसमा पण्डीत भिमकान्त पन्थीले प्रवचन दिनेछन् । महोत्सव सम्पन्न ३० वटा उपसमितिहरु पनि गठन गरिएको छ । लोक बहादुर केसीको संयोजकत्वमा आर्थिक संकलन उप समिति, धनश्याम भण्डारीको संयोजकत्वमा खानेपानी ब्यवस्थापन तथा सरसफाई उप समिति, नरबहादुर कुँवरको उपसंयोजकत्वमा प्रसाद ब्यवस्थापन उपसमितिको गठन गरिएको छ ।

त्यस्तै रेशम थापाको संयोजकत्वमा युवा तथा स्वयम्सेवक परिचालन, दधिराम खनालको संयोजकत्वमा प्रचार–प्रसार, लोक कुमारी केसीको संयोजकत्वमा सजावट, मनोहर प्रसाद पन्थीको संयोेजकत्वमा मञ्च तथा यज्ञ निर्माण उप समितिको गठन गरिएको छ । चन्द्रमणी पाण्डेले प्राथमिक उपचार, कमला घर्तीले महिला तथा बृद्धबृद्धा ब्यवस्थापन, निमबहादुर पाण्डेले अतिथि सत्कार, विष्णु भण्डारीले गैर सरकारी सस्थाँ समन्वयन, हिम प्रसाद पन्थीले शिक्षक, ढुन्डिराज भण्डारीले ब्यापार ब्यवसाय, मान बहादुर कुँवरले तम्घास बजार समन्यवन उप समितिको जिम्वेवारी पाएका छन् ।

त्यसैगरि गाउँप्रमुख भुपाल पोखरेल बुटबल काठमाडौ, नविन जिसी वैदेशिक क्षेत्र समन्वयन, विष्णु श्रीस भुपु सैनिक समन्वयन, कृष्ण प्रसाद भण्डारी इतिहास तथा तथ्याङ्क संकलन, चक्रपाणी पन्थी कर्मचारी समन्वय, कृष्ण नेपाली महोत्वस समन्वय उपसमितिको संयोजक हुनुभएको छ । भेलाले कमल थापालाई स्थानिय कला सस्कृँति, शिव खत्री गाउँपालिका स्थर परिचालन समिति, सम्पूर्ण वडाका अध्यक्षहरुलाई वडास्तरिय परीचालन उपसमितिमा सर्वसम्मत चुनेको छ ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाध्यक्षहरु, गाउँकार्यपालिकाका विभिन्न सदस्यहरु, धुर्कोटस्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्दै रोजगारी सिर्जना गर्ने उदेश्यले धार्मिक महोत्सव गर्न लागिएको गाउँपालिकाका प्रवक्ता कविता विकले जानकारी दिइन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D