सन्जु काउछा मगर
बैशाख ११ । गुल्मीको पर्यटन गन्तब्यहरु मध्य “कुमारी गन्तब्य” (भर्जिन डेस्टिनेशन) का रुपमा रहेको सत्यवती गाउँपालिका स्थित ठूलो लुम्पेकले बिदेशी पर्यटकहरु भित्र्याउन थालेको छ । गत सोमबार ठुलोलुम्पेक मा आधा दर्जन भन्दा बढी बिदेशी पर्यटकहरु एकैपटक ठुलोलुम्पेक पुगे ।
यो पनि पढ्नुस्: बिदेशका नेपालीले सहयोग पठाएको चालु हालतको एम्बुलेन्स थन्क्याएर किन नयाँ किन्दै छ सत्यवती गाउँपालिका ?




पर्यटकीय तथा वातवरणीय हिसावले महत्वपूर्ण स्थान रहेको ठूलो लुम्पेकमा गर्मी मौसमसंगै पर्यटकहरु आउन थालेका हुन् । आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुन थालेको छ ।
सोमबार केही विदेशी पर्यटकहरु ठूलो लुम्पेकमा पुगेका छन् । लुम्पेक पुगेपछि स्थानीय मगर संस्कृतिमा आधारित गीतमा पर्यटकहरु छमछमी नाँचेका छन् । पर्यटकहरुलाई लुम्पेकीहरुले भव्य स्वागत गरेका छन् । पर्यटकहरु मगर भेषभूषामा सजिएका थिए । पर्यटकहरुलाई स्थानीय उत्पादन तथा मगर जातिको परम्परागत सामग्रीहरु देखाएका छन् । ठूलो लुम्पेकको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागी बाह्य पर्यटकहरु भित्र्याइएको पासाङ सिंजाली मगरले बताईन् ।
बाग्लुङको ढाेरपाटन- बुर्तिबाङ हुँदै पर्यटकहरु ठुलोलुम्पेक पुगेका हुन् । “अमेरिकन पर्यटकहरु यति ठूलाे संख्यामा हाम्राे लुम्पेक भ्रमण अाएकाे संभवत याे पहिलाे घटना हाे ।” स्थानिय राजनीतिकर्मी जितु तरामुले आफ्नो फेसबुक पोस्टमार्फत भनेका छन्, “याे क्रम निरन्तर कायम राख्न सत्यवती गाउँबासी सवैले यस क्षेत्रकाे माैलक कला संस्कृति बचाउन निरन्तर लागि पर्नेछौँ ।” तरामुले सत्यवतीको प्राकृतिक, एतिहासिक तथा पुरातात्वीक सम्पदाहरुकाे संरक्षण गर्न र नयाँ पर्यटकिय पूर्वाधार निर्माण गर्न पनि सम्पूर्ण सतवतीवासीहरुलाई आग्र पनि गरेका छन् ।
ठूलो लुम्पेकको सत्यवती, लालीगुराँस डाँडा, हचिङ्कोट, ल्हुम्पेक थानी थान, हुक्रायो सेती नाग, लाम्थुडी झरनाहरु पर्यटकहरुका लागी आकर्षण केन्द्र रहेका छन् । यसका साथै ठूलो लुम्पेक नमुना कृषि क्षेत्र पनि हो । सत्यवती पुगेपछि पूर्वतिर धौलागिरी, माछापुच्छे, अन्नपूर्ण लगायतका हिमशृङ्खलाहरु देख्न सकिन्छ । त्यहाँ मौसम अनुसारका खेतीपाती समेत गरिदै आएको छ ।
बुटवल, पाल्पा तानसेन, रिडी, रुद्रवेनी, अस्लेवा हुँदै गाडीमा ठूलो लुम्पेक पुग्न सकिन्छ ।