gulminews logo
शुक्रबार, २०८० चैत्र १६

बिदेशका नेपालीले सहयोग पठाएको चालु हालतको एम्बुलेन्स थन्क्याएर किन नयाँ किन्दै छ सत्यवती गाउँपालिका ?

गुल्मी, फागुन १३ । सत्यावती गाउँपालिकाले चालू हालतको पुरानो एम्बुलेन्स थन्क्याएर नयाँ किन्ने तयारी गरेको खुलासा भएको छ ।

६ वर्षअघि गुल्मी जिल्ला समाज युकेले जोहाङ खैरेनी स्थित रेडक्रस शाखालाई हस्तान्तरण गरिएको एम्बुलेन्सलाई थन्काएर नयाँ एम्बुलेन्स किन्न लागेको खुलासा भएको हो ।

समाजले सहयोग स्वरुप हस्तान्तरण गरेको लु.१.च ३५७७ नम्बरको उक्त एम्बुलेन्स चार वर्षदेखि एउटा कुनामा थन्क्याएर राखिएको स्रोतले बतायो ।

एम्बुलेन्स पुरानो भएको र गुड्न नसक्ने भएका कारण मर्मत सम्भारमा खर्च गर्नुभन्दा नयाँ किन्नु उचित हुने भएकाले खरिद प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका प्रमुख पारिश्वर ढकालले बताए ।

करिब आठ लाख ९२ हजार ८०० रुपैयाँमा नयाँ एम्बुलेन्स ल्याउन लागिएको गाउँपालिका बताएको छ । एम्बुलेन्स खरिदका विषयमा संघीय हेलो सरकारमा गुनासोसमेत दर्ता भएको छ ।

प्राप्त गुनासोलाई दर्ता नम्बर 02-2019-UP5AXJ मार्फत जानकारी तथा कारवाहिको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिसकिएको हेल्लो सरकारको अधिकारिक ट्विटर अकाउण्टमार्फत जानकारी गराईएको छ । यस बिषयमा एम्बुलेन्स सहयोग दाता गुल्मी जिल्ला समाज युकेबाट भने कुनै प्रतिकृया आइसकेको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D