टोपलाल अर्याल
गुल्मी, २२ पुस । गत पुस १८ गतेको झरी । म इस्मा गाउँपालिकाको अनुगमनमा दोहली थिए । बर्षातले ओतिएर बसेका थियौ । बिहानै पानीमा लुछरुप्पै भएर इस्मा प्रहरीचौकीको इन्चार्ज मोहनलाल अधिकारी र तुल्सी केवट आए । मैले बिहानै कता गएर आएको भन्दै सई सापलाई सोधे । उनले त्यतिकैमा मोवाइलको तस्विर देखाउँदै गोरु काण्ड सुनाए । बृद्धा महिला त्यसैमा रगताम्य र अचेत ।
‘पुस १७ गते साँझ गोरुले हानेको रे, गरु हान्ने थियो रे, अहिले पाल्पा उपचार गर्न लगेछन्,’ उनले भने,‘मलाई अर्को दिन जानकारी आएकाले घटना स्थलमा धेरै कुरा खुलेन ।’ केहि बेर धेरै अनुमानहरु त्यहाँ भए । (१. गोरुले टाउकोमा मात्रै कसरी हान्छ ? अन्यत्र पनि खदुल्नु पर्ने । २. नाकको गहना किन हरायो ? ३. गोरु कसरी फुक्यो ? ) मैले सई सापसंग अन्यत्रका धेरै घटना पनि सुनाएँ । अन्त्यमा पनि पुलिसले आँखा चिम्लिए बर्बाद हुन्छ है भन्दै थिएँ । मैले उपचारको बिषयमा वडा अध्यक्षदेखि गाउँपालिका प्रमुख र उपप्रमुखसंग निरन्तर संवाद गरे । घटनाको थप अनुसन्धानकै लागि प्रहरीसंग समन्वय रह्यो ।
घटना लुकाउने काइदा
स्थानीयका अनुसार दुई बुहारी र सासुबीच पहिलेबाटै खटपट थियो । कैयौ पटक उजुरबाजुर भएका छन् । घटनाक्रम बढ्दै जाँदा पुस १७ गते मृतक ७६ बर्षकि कौशिलाका श्रीमान मासु काट्न गएका थिए । त्यो दिन दुइ बुहारीले अनौठो योजना बनाए । त्यो योजना थियो कुटपिट गरेर गहना लुट्ने । दुबैले सल्लाह गरे । लक्ष्मीले गोठको गरु फुकाएर लुक्ने र कुट्ने । देबिले सासुलाइ बाहिर बोलाउने । प्रहरीकोमा दिएको बयान अनुसार लक्ष्मी गरु फुकाएर दाउरो लिएर लुकिन । लक्ष्मीले गरु फुकाइन देबिले सासुलाइ बोलाइन । सासू गोरु फुकेको देखेर बाध्न गोठमा गइन । त्यही बेला लक्ष्मी दाउराले कन्चटमा हानेर अचेत बनाइन । योजना अनुसार नाक र कानको गहना निकालेर मलखातमा गाडे । दाउराले टाउकोमा हानेकाले कौशिला रगताम्य र अचेत बनिन् । घटना लुकाउन छिमेकमा गोरुले हानेको नाटक समेत रचे ।
गोरु अझ त्यसै माथि लामा र तिखा सिङ्ग । घरका केटाकेटीलाई समेत नभन्न भने । केहि समय घटना त्यस्तै पनि बन्यो । १७ गते अवेर गाउँले मिलेर विकलाई उपचारको लागि पाल्पा पठाइयो । टाउकाको अप्रेशन गर्नुपर्ने भयो । बिपन्न परिवारसंग पैसा थिएन् । आर्थिक अभावकै कारण फर्काएर परिवारले सदरमुकाम ल्याए । पुन ः तम्घासमै पैसा खोजेर लुम्बिनी प्रादेशिक अस्पतालमा पुराए तर विक बचिनन् । पुस २० गते अवेर कौशिलाको मृत्यु भयो । २१ गते गुल्मी अस्पतालमा शवको पोस्टमार्टम भयो । परिवारले स्थानीय घाटमा दाहासंस्कार गरे । गाउँले कथन रगतले पोल्छ भने जस्तै त्यस्तै भयो पनि । गाइँगुइँ चल्यो, घटना लुकेन । दुवै जनालाई प्रहरीले गिरफ्तार ग¥यो । श्रीमान शेर बहादुर विकले कर्तव्य ज्यानमा जाहेरी दिए । अन्तत : हत्या गरेको बुहारीले स्विकार गरे । प्रहरीले थप अनुसन्धान र बयानसंगै हत्या आरोपित २३ बर्षकि देबि बिक र २८ बर्षकि लक्ष्मी बिकलाइ मंगलवार सार्वजनिक गर्यो ।
स्मरणमा हाडहाडेको करेण्ट काण्ड
यो घटनासंग मैले चार बर्ष अघि हाडहाडेको करेण्ट काण्ड सम्झिएँ । ०७२ माघ ६ मा हाडहाडे ढिकीचौरमा दुई बालकको करेण्ट लागेर ज्यान गएको खबर आयो । पाँच बर्षीय बिक्रम र सात बर्षीय विवेक पुन सौतेनी आमा शान्ता पुनसंगै थिए । श्रीमान नरेन्द्र पुन रोजगारीको शिलसिलामा परदेश थिए । त्यहि मौकामा यो घटना भयो । त्यति बेला पनि घटनास्थलमा बालकको नजिक बिजुलीका तार थिए । त्यहाँ पुग्ने प्रहरीदेखि स्थानीयको प्रारम्भिक अनुमान करेण्ट लागेर भन्ने थियो । कुरा अर्कै रहेछ । सुचनाहरु खुल्दै गए । वनावटी कुरा टिकेनन् । पछि खानामा बिष खुवाएर हत्या गरेको रहस्य खुल्यो । पैसा चोर्ने र सताउने बहाना बनाएर शान्ताले हत्या योजना रहेछ । माघ ६ गते शान्ताले एउटालाई बिहान ११ बजेबाटै खानामा बिष मिसाई दिनभर तड्पाएर र अर्कोलाई राति मारेको पछि आफैले स्विकार समेत गरिन् ।
त्यसैले समाजका कुनै पनि घटना गुपचुप बन्न सक्छन् । बेलैमा प्रहरीलाई खबर नगरे आवश्यक प्रमाण नष्ट हुन सक्छन् । सकेसम्म घटनाको विकासक्रम पत्ता पाउन साथ त्यसको समाधानको उपाय खोजौ । घटनाका बाहानाहरु धेरै हुन सक्छन् । सामान्य रुपमा नलिऊँ । प्रहरीले घटनाको वस्तुस्थितीलाई बेलैमा बिचार पुराउनुपर्छ । त्यसको लागि सरोकारवाला पक्षले प्रहरी प्रशासनलाई सकरात्मक दवाव र सुझाव दिइरहनु आवश्यक छ ।