हुमाकान्त पोखरेल
गुल्मी, ०४ मंसिर । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अर्वेनीमा पुनःमतदान गरिने भएको छ । वडा नम्बर २ अर्वेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित गरी पुनः मतदान गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।
निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभा प्रत्यक्ष तर्फको मतपत्र परेपछि मतदान प्रक्रिया स्थगित गरिएको हो ।
प्रतिनिधिसभाका हुनुपर्नेमा ५५ मतपत्र प्रदेश सभाका रहेको जनाइएको छ । भगवती माविमा कुल एक हजार ३६९ मतदाता रहेका छन् । पुनःमतदान कहिले गर्ने बिषयमा छलफल भइरहेको पौडेलले बताए ।