gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीकी २१ वर्षकी मृगौला पिडित युवतीलाई अष्ट्रेलियबाट सहयोग

अनिल खत्री
गुल्मी, ११ भदौ । गुल्मीकी मृगौला पिडित युवतीलाई अष्ट्रेलियबाट सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० निवासी २१ वर्षिय मृगौला पिडित युवती अञ्जु बस्नेतलाई अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।

अष्ट्रेलियामा रहेका निलम, पुनम र सोनम रेग्मीले आफुहरु र साथीहरुको सहयोगमा संकलित रु १ लाख १४ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । सहयोग रकम सहयोगी निलम रेग्मीका बुवा भेषराज रेग्मीले मृगौला पिडित युवती अञ्जु बस्नेतको प्रभू बैंकमा रहेको खाता नम्बर १०५०११३६६४३०००१८ मा उक्त रकम जम्मा गरिदिएका हुन् ।

मृगौला पिडित युवती बस्नेत आर्थिक अभावमा उपचार गर्न नसकेपछि मृत्युसँग लडिरहेकी छन् । मृगौला पिडित युवतीको हाल काठमाडौंमा उपचार भइरहेको छ ।
उनको उपचार गर्न धेरै रकम लाग्ने र त्यो रकम जुठाउन नसकेपछि परिवारले सहयोगको याचना गरेका हुन् । घरपरिवारले बिक्री हुने ठाउँको जग्गा जमिन बेच्दा पनि उपचार गर्ने रकम जुटाउन नसकेको पिडित युवतीका बुवा नेत्रहादुर बस्नेतले बताए ।
पिडित युवतीको उपचारको लागि घरबाट भएभरको खर्च गर्दा पनि सम्भव नभएपछि परिवारले सबैले सहयोग गरेर बचाइदिन आग्रह गरेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D