काठमाडौं, साउन ०४ । नेपाली कांग्रेसकाे तर्फबाट समानुपातिक सांसदको रूपमा गुल्मीकी सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
उनलाई आज दिनको २ बजे संघीय संसद् सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाली कांग्रेसकाे तर्फबाट बाग्लुङबाट प्रतितिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको गत १७ असारमा निधन भएपछि प्रतिनिधिसभा सदस्यको सो स्थान रिक्त थियाे । साे रिक्त स्थानमा कांग्रेसबाट ज्वारचन नयाँ सांसद बनेकी हुन् ।