gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीकी मृगौला पीडित मधुलाई आर्थिक सहयोग

गुल्मी, १९ फागुन । इस्मा गाउँपालिका ४ दोहलीका मृगौला पीडित मधु खत्रीलाई आर्थिक सहयोग गरिएको छ । इस्माबाट रोजगारीको शिलसिलामा जापानमा रहेका व्यक्तिहरुद्धारा संकलन गरिएको नगद एक लाख ५७ हजार एक सय ७६ रुपैयाँ सहयोग गरिएको हो । सहयोग रकम मधुको आमा पुनकला खत्रीलाई गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले प्रदान गरे ।

सहयोग हस्तान्तरण गर्दै डाक्टर पच्याले मधुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी मनहरुप्रति आभार प्रकट गरे । जापानमा कार्यरत मधुको छिमेकी समेत रहेका गिरीप्रसाद अधिकारी र हस्तिचौर तोरीखर्कका इन्द्र बहादुर कुवंरका छोरा अतित कुवंरको बिशेष पहलमा सहयोग संकलन गरिएको हो । अभियानमा ५१ जनाले सहयोग गरेका छन् ।

मधुको गत सोमबार क्र्रिस मेडिकल कलेज ललितपुरमा मृगौला प्रत्यारोपण गरिएको छ । उनलाई अस्पतालको बिशेषकक्षमा राखेर थप उपचार भइरहेको मधुको श्रीमती मुना बस्नेत खत्रीले जानकारी दिइन् । मधु ट्राफिक प्रहरी हुन् । उनको गत भदौदेखि दुवै मृगौला फेल भएका थिए । जसका कारण विभिन्न संघसंस्था र संजाल मार्फत आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D