gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीकी कोपिला र अर्की एक युवती पोखरामा ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ

पोखरा, कार्तिक २३ । कास्की प्रहरीले पोखरामा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवतीलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका – ८ सिमलचौरबाट २१६ एम्पुल लागूऔषधसहित सोमबार दुई युवती पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा पोखरा – ९ नयाँ बजारमा डेरा गरी बस्ने लमजुङ दोर्दी -७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र ३१ वर्षकै गुल्मी मालिका -२ घर भएकी कोपिला अर्याल रहेको डिएसपी हमालले उल्लेख गर्नुभयो ।

डिएसपी हमालका अनुसार शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुको साथबाट जिल्लाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा डाइजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल र फेनेरागन ७२ एम्पुल फेला पारेको हो ।

उनीहरूलाई जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D