gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका २ बिद्यालय नमुना बिद्यालयमा छनौट

गुल्मी, असार ३१ । गुल्मीका २ वटा बिद्यालय नमुना बिद्यालयको रुपमा छनौट हुन सफल भएका छन् । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा सानो ठिमी भक्तपुरले गुल्मीका रुरु क्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय रानीबास र मुसीकोट नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालय वामीटक्सार नमुना बिद्यालयको छनौट गरेको हो ।

शाखाले देशभरबाट ८४ विद्यालय विकासको रुपमा छनोट गरेको छ त्यसमध्ये गुल्मीका २ बिद्यालय छनौटमा पर्न सफल भएका हुन् ।

विद्यालय क्षमतामा सुधार गरी शिक्षामा रुपान्तरणको गतिलाई तिव्रता दिने उद्देश्यले विद्यालय क्षेत्र विकास योजना अन्तर्गत देशभरबाट ८४ बिद्यालय छनोट गरिएको हो ।

आर्थिक वर्ष २०७३-७४ देखि आर्थिक वर्ष २०७-८० मा कार्यक्रम अवधीमा मुलुक भर हजार वटा नमूना विद्यालय विकास गर्ने उल्लेख भए अनुसार २२२ वटा विद्यालय छनोट भईसकेको र यस आर्थिक वर्षमा ८४ विद्यालयहरु छनोट भएको शाखाले जनाएको छ ।

छनौटमा परेका बिद्यालयलाई पुर्वाधार बिकासको लागि आवश्यक तयारी गर्न अनुरोध गरिएको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D