गुल्मीका सामुदायिक क्याम्पसहरुलाई एक करोड ३० लाख विनियोजन, कस्ले कती पाए?

हुमाकान्त पोखरेल
१३ पौष, गुल्मी । गुल्मी जिल्लाभित्रका सामुदायिक क्याम्पसहरुलाई एक करोड ३० लाख विनियोजन भएको छ ।

जिल्लाभित्रका नौ वटा क्याम्पसहरुलाई सो रकम विनियोजन भएको नेकपाका नेता युवराज केसीले जानकारी दिए । ५ नम्बर प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय मार्फत बजेट कार्यान्वयन हुने केसीले जानकारी दिए । जसअनुसार शान्तिपुरस्थित चन्द्रकोट बहुमुखी क्याम्पसलाई ३५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरि रुद्रावती बहुमुखी क्याम्पस वामिटक्सार र श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानिवासलाई २०÷२० लाख बजेट विनियोजन गरिएको छ ।

मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा लाई १५ लाख तथा जनज्योति क्याम्पस पुर्कोट दह, सत्यवती बहुमुखी क्याम्पस खैरेनी र धुर्कोट परमानन्द बहुमुखी क्याम्पस, धुर्कोटलाई १०÷१० लाखका दरले बजेट विनियोजन गरिएको छ ।

त्यस्तै रिडी बहुमुखी क्याम्पस, रिडी र दिगाम आदर्श बहुमुखी क्याम्पस छत्रकोटलाई पाचँ÷पाचँ लाखका दरले बजेट विनियोज गरिएको ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालका स्वकिय सचिव यदु ज्ञवालीले जानकारी दिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D