gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीका सामन्य किराना पसले यसरी बने अरबौँका मालिक, सफल उद्यमी

प्रेम सुनार
गुल्मी, कात्तिक १ । हरेक वर्षको तिहार लक्ष्मीले वास गरुँन भनेर धुमधामसंग लक्ष्मी पूजा गरेर पनि मनाईन्छ । तर पूजा गरेर मात्रै लक्ष्मीले वास गर्दिनन् । निरन्तर संघर्ष र दिमागी खेलले नै लक्ष्मी आफै वास गर्न आउँछिन् । यहि उदाहरण दिएका छन एक समय गुल्मीमा सामन्य किराना पसले चुन्नप्रसाद पौड्यालले । यसपालिको तिहारमा लक्ष्मी पूजाको सन्दर्भ सामग्रीका रुपमा गुल्मीका सफल ब्यवसायी पौड्यालको व्यवसायिक यात्रा, संघर्ष र सफलताको कथा पस्किदै छौ ।

शिक्षक पेशा हुँदै गुल्मीको चोरकाटे, रुपाकोट हुँदै शान्तिपुर सम्म किराना पसल गर्ने चुन्नप्रसाद पौड्याल अहिले बुटवलमा पहाडीया माडे भनेर चिनिन्छन् । अहिले रुपन्देहीका विभिन्न स्थानमा रहेका फ्याक्ट्रीहरुका मालिक रहेका पौड्याल पछिल्लो चरण लाली चाउचाउ र करेण्ट चाउचाउ बजारमा ल्याए देखि थप चर्चामा छन् । पौडेल सोना प्याकेजिङ फ्याक्ट्री, यशोदा फुड्स प्रा.लि., सोना पोलिमर्श र त्रिमुर्ति ईन्डिष्ट्रजका संचालक हुन् ।

ट्याक्टर देखि कार सम्मको यात्रा
पौड्याल भन्छन्–‘२०४२ साल देखि चोरकाटे, रुपाकोट र शान्तिपुरमा किराना पसल राख्दा मोटरबाटो सुविधा थिएन । निकै दुख गरेर पसल चलाईन्थ्यो । त्यस अघि शिक्षक थिएँ । पछि घरबाट ४५ हजार रुपैँया जुटाएर किराना पसल सुरु गरेको हुँ । २०५३ सालमा बुटवल झरेको हुँ । बुटवल झरे पछि गाउँमा होलसेल समानहरु सप्लाई गर्न थालियो । त्यस पछि उद्योग तर्फ हात हालियो । क्रमशः उद्योगहरुलाई बृद्धि गर्दै यहाँ सम्म आईएको हो ।’

उनका माईला भाई नरिश्वरले विगतको दुख र संघर्षलाई स्मरण गर्दै भने–‘ दाजुको यहाँ सम्म आउने सपनालाई साकार पार्न निकै दुख र संघर्ष गरेका थियौ, हामी हाम्रा दाजुलाई पथप्रदर्शक ठान्छौ र उहाँको सवै कुरा शिरोधार्य गर्छौ ।” कान्छा भाई भुमिराज पुराना दुखका दिन सम्झिदै भन्छन, ‘तानसेन देखि गाउँ सम्म जाने बाटो कच्ची थियो ट्याक्टरमा चढेर समानहरु ढुवानी गर्दा निकै दुख पाईएको थियो । ट्याक्टर पछि मोटर साईकल चढे उनिहरु अहिले तिनै भाई आ-आफ्नै कारमा सयर गर्छन् । जम्माजम्मी लगानी कती होला ? भन्ने प्रश्नमा चुन्न प्रसादले भने–‘ठ्याक्कै यति नै त नभनि हालौं तर अरवौंको लगानी छ भनौं ।’

तिनै भाईको अहिले पनि एउटै चुलो
सम्पत्ती नहुनेलाई मात्र पैतृक सम्पत्तीका लागि भाई भाईमा तितो पिरो गर्नुपर्छ हुनेलाई त्यस्तो हुँदैन भन्ने उदाहरण दिएका छन् यी पौड्याल बन्धुहरुले । सधै तिनै भाई मिलेर अरवौंको उद्योग धन्दा चलाएका छन् । उनिहरुले चाहे अलग अलग घर वंगला बनाएर वस्न सक्थे तर उनिहरु वुटवलको एउटै घरमा तिनै भाईका परिवार बस्छन् । परिवारको कुनै सदस्यहरु बिच तितोपिरो नभएको पौडेल दाजुभाईहरु बताउँछन् । पिताको मृत्यु भयो । आमालाई सवै बुहारीहरुले सेवा गर्छन् । व्यस्त जीवनका बावजुद पनि गाउँबाट जाने जो कोहिलाई सहजै भेट दिन्छन् । उनिहरुले कमाएको केहि हिस्सा सामाजिक क्षेत्रमा लगाउँदै पनि आएका छन् ।

७० लाख बढि रकम श्रृङ्गेश्वर धामलाई
भैतिक रुपममा गुल्मी छाडे पनि रुपन्देही बसाई सराई गरेका गुल्मेलीले मनले गुल्मी छाडेका छैनन् । गुल्मी रुपन्देही सम्पर्क समाजको माध्यमद्धारा आफुहरु गुल्मीको धार्मिक, सामाजिक कार्यमा जुटिरहेको पौडेल दाजुभाईहरु बताउँछन् । समाजले गुल्मीको ऐतिहासिक धार्मिक क्षेत्र रेसुङ्गालाई टपक्कै टिपेर लगेका छन् । रेसुङ्गाका् प्रतिमुर्ती स्वरुप समाजले श्रृङ्गेश्वर धाम निर्माण गरेका छन् ।

त्यस श्रृङ्गेश्वर धाम भित्र पसे पछि रेसुङ्गाका सवै धार्मिक संरचना त्यहाँ देख्न पाईन्छ । गाडीबाट एक्कासी ओर्लिदा गुल्मीको मानिस रेसुङ्गा नै आएँकी भनेर झुक्किने बनाएका छन् । त्यस धाम निर्माणमा चुन्नप्रसाद पौड्याले मात्रै ७० लाख भन्दा बढि रकमको भौतिक संरचना बनाई दिएका हुन् । प्रवचन हल र सुन्दर मन्दिर उनैले निर्माण गरी दिएका छन् ।

पुर्व सिडियो तथा समाजका संरक्षक टिकाराम घिमिरे भन्छन् यो धाम निर्माणमा चुन्नप्रसाद जी अग्रणी दाता हुनुहुन्छ । पौड्यालले दर्जनौ विद्यालयमा सहयोग गरेका छन भने १४ वटा भन्दा बढि मठ–मन्दिर निर्माण समेत गरेका छन् । पौड्यालले भने, अहिले हुग्दीशिर बागलुङ जिल्ला भएपनि २०३२ साल सम्म गुल्मी नै थियो । एक त मैले शान्तिपुर मै बसेर एसएलसी सम्म पढें । ब्यापारिक हेलमेल पनि गुल्मी संगै भयो । मेरो अहिले पनि नजिकको सम्वन्ध गुल्मेलीहरु संगै छ । यसर्थ उहाँहरुले आँटेको कामलाई सघाउन ईच्छा जाहेर मात्र गरेको हुँ ।

माओवादीद्धारा विस्थापितहरु सवै शहरमा स्थापित
द्वन्दकालमा चुन्नप्रसाद पौड्याल पनि माओवादी पीडित ब्यक्ति हुन् । माओवादीकै कारण गुल्मीको व्यवसाय डामाडोल पारेर उनि गुल्मीबाट विस्थापित हुनु परेको उनलाई नजिकबाट चिन्नेहरुले बताए । उनका पिता दुई दुई कार्यकाल सम्म प्रधानपञ्च रहेकोले पनि उनि माओवादीको तारो बन्दै आएका थिए । उति वेला माओवादीले विस्थापित गरेको उनिहरुलाई निकै फापेको छ ।

उनिहरु मात्र होईन द्धन्द्धकालमा माओवादीले विस्थापित गरेका सवै जनालाई निकै फापेको देखियो । द्धन्द्धकालमा विस्थापित भएर रुपन्देही पुगेकाहरुको विभिन्न व्यवसायी मौलाएको छ । ठुला ठुला घर र गाडी र सुविधा सम्पन्न भएर शहरमा स्थापित भएका छन् । तत्कालीन माओवादीव्दारा ‘फटाह’ र ‘जनता माराको विल्ला भिरेकाहरु अहिले विभिन्न राजनैतिक दलका प्रिय नेता र अन्य सामाजिक क्षेत्रमा प्रतिष्ठित ब्यक्ति बनेका छन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D