प्रेम सुनार
गुल्मी, कार्तिक १४ । केन्द्र र अन्य जिल्लामा वामगठबन्धन विचको भेटघाट र छलफल हुन थालेको महिनौ भए पनि गुल्मीका वामगठबन्धन विचका नेताहरुको भेट भने आज सोमवार मात्रै भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र गुल्मीका शिर्ष नेताहरु विच आज भेटघाट भई जिल्ला स्तरमा ५ सदस्यी संयुक्त निर्वाचन कमिटी निमार्ण गर्ने विषयमा छलफल भएको माओवादी केन्द्र गुल्मीका संयोजक विरबहादुर कार्कीले बताए ।
अहिले सम्म वामतालमेल विच औपचारिक छलफल हुनै पाएको थिएन नेता कार्कीले भने भोली देखि हामी जिल्ला र क्षेत्रिय स्तरको संयुक्त चुनाव परिचालन कमिटी गठन गर्ने विषयमा छलफलमा बस्दै छौं ।