gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका मृगौला पीडित थापालाई ५ लाख रुपैँया सहयोग

हुमाकान्त पोखरेल
गुल्मी, १२ असार । गुल्मीमा मृगौलापीडितलाई पाँच लाख सहयोग गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –२ पिपलधारा डुङ्ग्रिबासस्थित मृगौलापीडित १९ बर्षिया प्रतिमा थापालाई पाँच लाख ५५५ सहयोग गरिएको हो ।

‘पिपलधारा चौतारी सम्पर्क समिति’ को पहलमा ३० दिने ‘प्रतिमा बचाउ अभियान’ सुरु गरेको थियो । सोही अभियानमा जोडिएर देश तथा विदेशमा बस्ने पिपलधारा एवम् अन्य क्षेत्रमा बसोबास गर्ने नागरिकले सहयोग गरेका थिए । त्यसरी संकलन भएको रकम शुक्रबार काठमाडौंमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष अमृत कुमार केसीले जानकारी दिए । संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार कमल जिसी, सल्लाहकार रविन महत, प्रकाश थापा लगायतको समुहले पीडित र उनका बुबा राम बहादुर थापालाई चेक हस्तान्तरण गरेको हो ।

प्रतिमाको मृगौला फेल भएपछि आर्थिक अभावमा परिवारले उपचार गराउन सकेको थिएन । संस्थाले रकम संकलन गरेसँगै उनको उपचार हुने भएको छ । शिक्षण अस्पतालमा उनको डायलोसिसको लागि प्रक्रिया अगाडी बढेकोले मृगौला प्रत्यारोपणको मिति छिट्टै तय हुने संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष केसीले ‘प्रतिमा बचाउ अभियान’ मा जोडिएर सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद् दिए ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D