gulminews logo
बुधबार, २०८१ बैशाख ५

गुल्मीका मृगौला पिडित अनन्त बहादुरको आर्थिक अभावमा उपचारमा समस्या

अनिल खत्री
८ चैत, गुल्मी । उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाई दिन सबैसंग सहयोगको याचना गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ३५ वर्षका मृगौला पिडित अनन्तबहादुर खत्रीले सहयोगको याचना गरेका हुन् । आर्थिक अभावमा उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरु लगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् । आर्थिक अभावमा उपचारमा समस्या आएपछि सबैले सहयोग गरिदिन मृगौला पिडित अनन्तबहादुर खत्रीले आग्रह गरेका हुन् ।

दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका खत्री बिगत २ महिनादेखि अस्पतालमा उपचारत छन् मृगौला पिडित खत्रीकोे आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका छन् । मृगौला पिडित खत्रीसँग उनकी पत्नी र ३ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् ।

२ महिनादेखि भैरहवामा उपचार गराइरहेका छन् । गाडी चलाएर घरायसी दैनीकी चलाउदै आएका अनन्तबहादुरको एक्कसी बिरामी परेपछि उपचारमा गएका थिए । घरमा भएको सम्पूर्ण खर्च उपचारमा सकेपछि थपउपचार गर्ने रकम नभएपछि अनन्तबहादुरले सबैतिर सहयोग गरिदिन अस्पतालबाटै हारगुहार गरेका छन् । चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन् ।

स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ । उनलाई सहयोग गर्नेहरुका लागि श्रीमतीको खातानम्बर बिष्णुकला बस्नेत खत्रीको शाईन रेसुङ्गा डेभलपमेन्ट बैक ०१५००७००४९७७८००००००१ जम्म गरिदिन आग्रह गरेका छन् । सम्पर्क गर्नेहरुका लागि मोवाइल नम्बरमा ९८४९१११४४१ गर्न सकिनेछ ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D