gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीका मधुलाई अष्ट्रेलिया भिक्टोरियाको आर्थिक सहयोग

बुटवल, ३१ असौज । गुल्मी चन्द्रकोट गाउँपालिकाका वडा नम्वर ८ का मधुकर अर्याललाई गुल्मी समाज अष्ट्रेलिया भिक्टोरियाले आर्थिक सहयोग गरेको छ । अर्याल मानसिक रोगबाट ग्रसित भएपछि उपचारकोलागि गुल्मी समाज अष्ट्रेलिया भिक्टोरियाले आर्थिक सहयोग गरेको हो ।

मधुकारको घरको आर्थिक अवस्था कमजोर भएकोले उनको जीवन रक्षाकोलागि अष्ट्रिेलियामा रहेका युवाहरुले अार्थिक सहयोग गरेको गुल्मी समाज अष्ट्रेलिया भिक्टोरियाका राजन पोखरेलले बताउनु भएको छ । पोखरेलले मधुको लागि रु ८० हजार पठाएको बताउनु भयो ।

उक्त रकम एक कार्यक्रमका विच मधुकरकी आमा गंगा अर्याललाई हष्तान्तरण गरिएको छ । वडा नम्वर ८ को कार्यालयमा चन्द्रकोट गाउँपालिकाका वडा नम्वर ८ तुराङका सचिव लोकनाथ पोखरेलको रोहवरमा वडा अध्यक्ष नन्दराम अर्यालले चेक हष्तान्तरण गर्नु भएको हो ।

जन्मभूमि छोडेर परदेश पसेका युवाहरुले दुख गरि कमाएको पैसा स‌ंकलन गरि नेपालका विरामी युवाहरुको उपचारकोलागि पठाउनु अत्यन्त सरानिय काम भएको सचिव पोखरेलले बताउनु भएको छ ।

रोजगारीकोलागि भारतमा रहेका अर्याल मानसिक सम्स्या भएपछि नेपालमै उपचाररत छन । घरको अार्थिक अवस्था कमजोर रहेको र उनका वुवाको निधन भईसकेको हुँदा तुराङबाट रोजगारीका लागि परदेश गएका युवाहरुले अार्थिक सहयोग गरिरहेका छन् । पराईको भुमिमा वसेको भएपनि नेपाली दाजुभाईलाइ सक्दो सहयोग गर्न पाउँदा आफ्नो सामाजिक उत्तरदायित्व पुरा गरेको महशुस हुने अष्ट्रेलियामा रहेका राजन पोखरेलले बताउनु भएको छ । -लुम्बिनी टाइम्सबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D