gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका मतगणना स्थलमा सिसी क्यामरा जडान, युरोपियन युनियनद्धारा भेटघाट

प्रेम सुनार
गुल्मी, मंसिर १९ । गुल्मीमा मतगणनास्थलमा सिसी क्यामसरा जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले आज देखि मतगणनास्थल बनाउने तयारी सुरु गरेको र त्यसमा सिसी क्यामसरा जडान गर्न लागिएको जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत न्यौपानेले भने यस अघिको निर्वाचनमा त म यहाँ थिईन, सुने अनुसार सम्भवत गुल्मीमा मदगणना स्थलमा पहिलो पटक सिसी क्यामरा जडान गरिदै छ ।
उनका अनुसार मुख्य निर्वाचन कार्यालय रहेको पहिलो तलमा एक नम्वर क्षेत्रका दुई अलग अलग प्रदेश प्रदेश र पतिनिधी सभाका उमेदवारहरुको मतगणना हुने छ । जिल्ला प्रशासनको सभा हलमा दुई नम्वर क्षेत्रको मतगणना स्थल बनाउन सुरु गरिएको छ । दुई स्थानका गेट खुल्ला रहेकोले सुरक्षा निकायले काँडेतारको व्यवस्थ गर्ने छ ।

क्षेत्र नम्वर १ का १ सय ३५ मतदान केन्द्र , क्षेत्र नम्वर २ मा १ सय १६ सहित २ सय ५१ मतदान केन्द्र रहने छन भने मतदान स्थल दुवै क्षेत्र गरी १ सय ३८ रहेका छन् । एउटै केन्द्रमा तिन वटा सम्म मतदान स्थल बनाएर मतदाताहरुलाई कम भन्दा कम सय लाग्ने सुविधा दिने गरी बनाईएको छ ।

सवै केन्द्रका मतदान अधिकृत सहित जिल्ला भर सुरुमा २ हजार ९ सय ९६ कर्मचारी तोकिएकोमा कुनै एक राजनैतिक दलले असन्तुष्टी जनाए पछि ४५ जना थप गरिए सहित कुल ३ हजार ४१ ज्ना कर्मचारी खटिने भएका छन् । निर्वाचन निष्पक्ष, धाधली रहित र भय रहित बनाउन आफु र प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय विच राम्रो समन्वय र सहकार्य रहेको प्रमुख निर्वाचन अधिकृत न्यौपानेले बताए ।

‘शान्ति सुरक्षा चुस्त छ, भय रहित भएर मतदान गरौं ’
यसै विच सुरक्षा लगायतको व्यवस्थापकिय पक्षको जिम्मेवारी रहने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सुरक्षा व्यवस्था चुस्त बनाईएकोले भय रहित भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । आजै मात्र दलहरु सहित बसेको बैठकले पनि निर्वाचनलाई शान्तिपुर्ण, निष्पक्ष र धाधली रहित बनाउन सवै पक्ष जुट्ने निर्णय भएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले गुल्मी जिल्लावासी र यहाँका राजनैतिक दलहरु शौहार्दपुर्ण रुपमा प्रस्तुत हुुने भएकाले कुनै अप्रिय घटना घट्न सक्ने आफुले अपेक्षा नराखेको बताए ।

वुथ क्याप्चर गर्ने, मतदातालाई धम्काउने, मतदान गर्न जानेहरुलाई रोक्ने जस्ता अवान्छिनिय कृयाक्लावलाई सुरक्षा निकायले निस्तेक्ष पार्ने उनको दावि छ ।

नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरी एक आपसमा समन्व्य गरी अहिले देखि नै ठाउँ ठाउँमा गस्ती गरिएको , घरेलु तथा अन्य हात हतियारहरुको चेक जाँच गर्ने गरिएको समेत प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनले यो निर्वाचन ऐतिहाँसिक र निकै महत्वपुर्ण भएकोले कोही पनि मतदाता मतदान गर्नबाट छुट्न नहुने अपिल गरे ।

गुल्मीमा स्थानिय तहको निर्वाचनमा ७० प्रतिशतको हाराहारीमा मत खसेको थियो । यसपालीको निर्वाचनमा पनि जनताको व्यापक उत्साह देखिएकोले त्यति नै मत खस्ने अपेक्षा गरिएको छ । देश विदेशमा रहेका जिल्लावासीहरु धमाधम घर फर्किने क्रम जारी छ । सदरमुकाम सुनसान जस्तै बनेको छ भने गाउँमा मानिसहरु भरीभराउ भई सकेका छन् ।

युरोपियन युनियनद्धारा भेटघाट
गुल्मी जिल्लाको निर्वाचन परिवेक्षकका रुपमा आई पुगेको एक टोलीले आज प्रमुख मतदान अधिकृत रामप्रसाद न्यौपानेसंग सिष्टचार भेटघाट गरेको छ । उनिहरुले निर्वाचन निष्पक्ष र धाँधली रहित होस सरकारको लक्ष्यलाई सघाउन युरोपियन युनियनले साथ दिदै आएको बताएका थिए । टोलीलाई स्वागत गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले टोलीलाई आफुले सहयोग गर्ने टोलीबाट पनि आफुले सहयोगको अपेक्षा राखेको बताएका थिए ।

यसै विच हिजो मध्ये रातीको मौन अवधी सम्म छिटफुट केहि घटना वाहेक गुल्मी जिल्लाको चुनाव प्रचार प्रशार शान्तिपुर्ण रहेको पाईएको छ । विगतमा ठाउँ ठाउँमा कार्यकर्ताहरु विच झडप हुने जस्ता ठुला घटना यसपाली घटेनन् । दलहरु एक आपसमा स्ययम देखिएका छन् । चुनावी प्रतिष्पधी भए पनि एक देखि अर्को दलका उमेदवारहरु निर्वाचनलाई शान्तिपुर्ण र धाधली रहित बनाउन साँझमा एकले अर्कोलाई फोन कुराकानी गर्ने गरेको बताउँ छन् । समग्रमा यहाँका राजनैतिक दलहरु सानो तिनो विवादमा स्वयम भएर मिल्ने र मिलाउने गरेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D