gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका बिष्णु सहित तीन जना नक्सालको सन्तोषी माता मूर्तिमा जडित गरगहना चोरी गरेको आरोपमा पक्राउ

काठमाडौं, साउन ०२ । प्रहरीले काठमाडौंबाट मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा घर भई गौरीघाट बस्दै आएका १८ वर्षीया सबिना पराजुली, गुल्मी मुसिकोट नगरपालिका-२ घर भई खरिबोट बस्दै आएका २५ वर्षीय विष्णु पछाई र सर्लाही लालबन्दी नगरपालिका-१६ घर भई गौरीघाट बस्दै आएका २० वर्षीय सिद्धार्थ बुढाथोकीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

उनका अनुसार गत असार २३ गते नक्सालस्थित रहेको नागपोखरीमा रहेको सन्तोषी माताको सुन तथा चाँदीका गरगहना चोरी भएको थियो। उक्त गरगहना झन्डै १२ लाख रुपैयाँ बराबरको रहेको मैनालीले बताए।

ती गरगहना चोरी भएको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त मालिगाउँबाट प्रहरी अधिकृतसहितको टोलीले मन्दिरमा पुगी अनुसन्धान गरेको थियो।

अनुसन्धानकै क्रममा साउन १ गते प्रहरीले उनीहरूलाई सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहनासहित नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट एक थान सुनको तिलहरी, दुई थान चाँदीको करूवा, एक थान चाँदीको सिसादानी, एक थान चाँदीको चुकुन्दा, एक थान चाँदीको ऐना र एक थान चाँदीको मुकुट बरामद गरेको बताएको छ।

यस्तै, मैनालीले दुई थान चाँदीको पाता, पाँच थान चाँदीको दियो, दुई थान चाँदीको गिलास, चार थान कचौरा, तीन थान चम्चा, एक थान अर्घ्य, ११ थान चाँदीको दियो बाल्ने, एक थान चाँदीको लकेट, दुई थान चाँदीको माला, एक थान चाँदीको बथनी र १३४ थान विभिन्न सिक्का नियन्त्रणमा लिएको बताए।

उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको छ।

प्रहरी वृत्त मालीगाउँबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D