gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका दुई बिद्यालय नमुना बिद्यालयमा छनोट

मनोज कार्की
गुल्मी, श्रावण ३ । गुल्मी जिल्लामा दुई बिद्यालय नमुना बिद्यालयको रुपमा छनोट भएका छन् । मालिका गाउँपालिका वडा नं ८ सिमटारीको मालिका माध्यमिक बिद्यालय र छत्रकोट गाउँपालिका वडा नं ५ मानकोटको आत्मबोध माबि नमुना बिद्यालयमा छनोट बन्न सफल भएका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले मालिका माध्यमिक र आत्मबोध माबि विद्यालयलाई नमुना विद्यालयको रूपमा छनोट गरेको हो ।

नमुना विद्यालयका लागि विद्यालयको विद्यार्थी संख्या,एसइइको नतिजा, विद्यालयको जग्गा, विद्युत तथा इन्टनेट र राजमार्गको पहुँच लगायतका शिर्षकमा ( १ सय पूर्णांङ्क ) मुल्यांकनको आधारमा नमुना विद्यालय छनोट गरिने बिद्यालय जानाकारि दिएका छन् । नमुना बिद्यालय बनाउनको लागि पहल गर्नुहुने सम्पुर्णमा बिद्यालयले धन्यबाद दिएका छन् ।

आत्मबोध माध्यमिक बिद्यालयले गत बर्ष ब्याबसायिक तथा प्राबिधिक धार अनुसार सिभिल इन्जिनियरको लागि अनुमति पाएको बिद्यालयका प्रधानध्यापक बिष्णु प्रसाद ज्ञवालीले जानाकारि दिए । हाल बिद्यालयमा ३० जना बिद्याथीहरुले पठनपाठन गर्दै आएका छन् । गाउँछोडि पढ्नको लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो । गाउँकै आत्मबोध मा बिमा सिभिल इन्जिनियर पढाईहुदाँ अभिभावकमा खुसि मिलेको छ ।

केही समय अगाडि मालिका माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि पनि अनुमति पाएको थियो । मालिका माध्यमिक विद्यालयले आवश्यक मापदण्ड पुरा गरेको हुनाले नमुना विद्यालयका रुपमा छनोट हुन सफल भएको विद्यालयका प्राचार्य हेमराज पौडेलले बताए ।
प्राबिधिक शिक्षा संचालनका लागि मालिका मा बि ले गुल्मी सिमलटारी मालिका शैक्षिक तथा धार्मिक महोत्सब संचालन गरेको थियो । यसै बर्षदेखि बिद्यदालयले बालीबिज्ञान पठनपाठन गराउने मालिका माबिले जानाकारि दिएको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D