gulminews logo
शनिबार, २०८१ बैशाख २२

गुल्मीका ठाउँ-ठाउँमा बाँदर आतंक: सयौँका हुलमा आएर क्षती पुर्याउँछन्, स्थानीय तह याेजना बिहिन

मनाेज कार्की
गुल्मी, मंसिर २३ । गुल्मीका अधिकांश ठाउँमा कृषकहरूका लागि बाँदरले आतंक नै फैलाउने गरेको छ । खेतबारीमा लगाएको खेतीपाती नै नष्ट गरेर कृषकहरूलाई बाँदरले वाक्क पारेको छ ।

जिल्लाको मालिका गाउँपालिकाका विभिन्न स्थान, छत्रकाेट गाउँपालिकाका विभिन्न स्थान लगायत जिल्ला भरका अधिकांश कृषकहरु बाँदरबाट पीडित बनेको स्थानीयहरुले गुनासो गर्दे आएका छन् ।

गुल्मी घमिरका राजु लम्सालका अनुसार बाँदरले कृषककाे बर्षभरिकाे खेतीपाती एकैछिनमा नष्ट पारेको छ । दिनानुदिन बाँदर लखेट्ने कामले आफू वाक्क परेको उनी बताउँछन् । उनले स्थानीय तह याेजनाबिहिन भएको आराेप लगाए । कृषकहरूकाे खेतीपाती बाँदरले नष्ट गर्दै आएकाे भएपनि यसकाे दिर्घकालिन उपाय गुल्मीका कुनै स्थानीय तहमा छैन ।

महिलाहरूका लागि त बाँदर शत्रु नै बनेको छ । महिला मात्रै बाँदर लखेट्न गए त बाँदर नभाग्ने घमिरका महिलाकाे गुनासाे छ । जसबाट अधिकांश स्थानियलाई त्रसित नै बनेका छन् ।

जिल्ला कै छत्रकाेट गाउँपालिका भालुपानीका लक्ष्मण पन्त पनि बाँदर आतंकबाट पीडित नै बनेका छन् । करिब तीन सयकाे हुलमा आउने बाँदरले खेतबारीकाे अन्नपात सबै नष्ट गर्ने गरेको छ । कुनै हातहतियार बिना त बाँदर नजिक जान नसकिने पन्तको भनाइ छ । उनले स्थानीय तह यश बिषयमा याेजना बिहिन तथा कुनै पहल नगर्नु दुखद बिषय भएको गुनासो समेत ब्यक्त गरे । जिल्लाका बिभिन्न ठाउँमा बाँदरले आतंक नै मच्चाएको छ । कृषकहरू पीडित बनेका छन् । तर यसमा स्थानीय तहको कुनै चाँसाे तथा पहल भने अहिलेसम्म भएको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D