gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका चन्द्रकोट र मालिकामा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन

गुल्मी, माघ ११ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरिएको छ। गाउँपालिका अध्यक्ष दोण खत्रीले एक कार्यक्रमका बिच गाउँपालिकामा आरोग्य सेवा केन्द्र उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खत्रीले गाउँपालिकामा उदघाटन गरि संञ्चालनमा आएको नागरिक आरोग्य सेवा केन्दलाई आबश्यक सबै सहयोग गर्ने बताए । औषधी आबश्यक कर्मचारी लगायका सबै क्षेत्रमा सहयोग हुन्छ स्वास्थ्य केन्द्रमा खटिने स्वास्थ्यकर्मिले पनि उपचार र औषधीमा कमि नहुने तरीकाले सेवा गर्नु पर्ने बताए । अध्यक्ष खत्रीले गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मिलाई आग्रह समेत गरे ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अर्चना शुक्लाको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक गणेश सापकोटाले गाउँ गाउँमा आएको आयुुर्वेद स्वास्थ्यलाई सबैले सहयोग गर्न आग्रह गरे । उदघाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनी लगायको उपस्थित रहेको थियो ।
यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका मा पनि नागरिक आरोग्य सेवा केन्द्र उदघाटन भएको छ । प्रदेश सभाषद दिनेश पन्थीले उक्त नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै सभाषद पन्थीले जनताको स्वास्थ्य सेवा निशुल्क भएकोले सहज पहुच हुने तरिकाले सेवा दिनु पर्ने बताए । उनले आबश्यक सहयोगको लागी आफु सधै तयार रहेको वताए ।

मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अर्चना शुक्ला गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक गणेश सापकोटा लगायतले बोल्दै आयुर्वेलाई सबैलेमाया गर्नु पर्ने बताए । -स्वास्थ्य समाचार डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D