gulminews logo
आईतवार, २०८१ बैशाख १६

गुल्मीदरबारमा नयाँ मेडिकल सेवा संचालन, एक करोड रुपैँया भन्दा बढीको लगानी

हुमाकान्त पोखरेल
गुल्मी, १० असौज । गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ विरवासमा ल्याबसहितको मेडिकल सेवा सुरु भएको छ । विरवास हेल्थ क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टरले सोमबारदेखि नियमित रुपमा सेवा सुरु गरेको हो ।

सेन्टरको सोमबार एक औपचारिक कार्यक्रमका बीच गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विरवास जस्तो ठाउँमा ठुलो लगानीमा ल्याबसहितको सेवा सुरु गर्ने संस्थालाई धन्यवाद् दिए । ‘ग्रामीण भेगमा ल्याबसहित विशेषज्ञ डाक्टरसहितका स्वास्थ्य सेवा संचालन गर्नु आफैमा चुनौतिपूर्ण छ ।’ उनले भने, ‘यसको दीगोपनाका लागि पालिकाको तर्फबाट आवश्यक सहयोग हुन्छ ।’
संस्थाले आफ्नो सेवा सुरु गरेको अवसरमा एक दिनको लागि निःशुल्क विशेषज्ञ सेवा पनि प्रदान गरेको छ । डाक्टर दिपक श्रेष्ठले महिला तथा स्त्री रोग, डाक्टर सन्तोष शर्माले नाक, कान तथा घाँटी, डाक्टर विजय यादवले मुटु एवम् डाक्टर शम्भु खनालले जनरलसम्बन्धि जाँच गरेको संचालक केपी भण्डारीले जानकारी दिए । भण्डारी र छविलाल पाण्डेले एक करोडभन्दा बढीको लगानीमा ल्याबसहितको सेवा संचालन गरेका हुन् ।

संचालक केपी भण्डारीले विभिन्न रोगका कारण जिल्लाबासी जिल्लाबाहिर जान नपरोस् भन्ने उदेश्यले ल्याबसहितको स्वास्थ्य सेवा संचालन गरिएको बताए । कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D