gulminews logo
शनिबार, २०८१ बैशाख १५

रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

अनिल खत्री
१४ पुस, गुल्मी । गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो ।

तर केहि दिनदेखि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको पहलमा जिल्ला अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएको हो । गुल्मी अस्पतालले सुरु गरेको हाडजोर्नी विशेषज्ञ सेवामा रेसुङ्गा नगरपालिकाले पनि सहकार्य गरेको छ ।

जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन डक्टरहरुको अभाव हुने भएपछि रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञा डक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा दिन थालेको छ ।

हाडजोर्नी विशेषज्ञ सेवा सुरु गर्न गुल्मी अस्पतालका प्रमुख उत्तम पच्या र रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले सम्झौता गरेका छन् । पहाडी भेगमा हाडजोर्नीसँग सम्बन्धित बिरामीको संख्या धेरै हुने गरेको छ ।

हाल जिल्ला अस्पतालबाट यस्ता बिरामीको सामान्य उपचार गर्नेबाहेक अरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । पहाडी अस्पतालमा डक्टरहरु पनि आउन नमान्ने भएकाले रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलव बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

हाडजोर्नी बिशेषज्ञ सेवा गुल्मीमा सुरु भएपछि जिल्लासँगै छिमेकी जिल्लाका बिरामीलाई राहत पुग्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । गुल्मी अस्पताललाई आम नागरिकको मेरो अस्पताल हो भन्ने भावना जगाउन थप स्तरी सेवाका लागि रेसुङ्गा नगरपालिकाले सधै सहकार्य गर्ने पन्थीले बताए ।

उनले अब यो सेवा जिल्लामै सुरु भएपछि आम नागरिकको समय र खर्च बच्ने बताए । बिभिन्न कारणले हाडजोर्नीका हड्डी भाचिएर तथा हाडजोर्नी सम्बन्धी विभिन्न समस्या भएका विरामीहरुले सेवापाउने छन् ।

हाडजोर्नी उपचारको क्रममा अप्रेशनका लागि आबश्यक सी–आरएम मेसिन रेसुङ्गा नगरपालिकाले खरिद गर्ने भएको छ । हाडजोर्नी विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक आधारभूत उपकरण खरिद प्रक्रिया अगाडि बढाइने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताए ।

एनेस्थेसिया मेसिन, फ्याक्चर टेवल, अटो क्लेभ, सी–आरएमलगायत ट्रमा सर्जनका लागि आवश्यक पर्ने आधारभूत उपकरण आबश्यक पर्दछ । विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्नेसामग्री र जटिल प्रकारको सर्जरी गर्नुपरेमा आवश्यक पर्ने औजार उपकरण थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको डक्टर पच्याले बताए ।

सबै पक्षको सहयोगले यो सेवा स्तरिय हुने उनले बताए । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ ।

०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D