gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीका काउचा परिवारद्धारा जन्म ठाउँका कोरोना प्रभावितलाई राहत सहयोग

बेलायत, २५ बैशाख । बैशाखे पूर्णिमा, पितृहरूको पूजा, दिवाली पूजा गर्ने दिन तथा विशेषत भगवान गौतमबुद्धको जन्म दिनको अवसर पारेर भला सुबेदार त्रिलोक सिंह तथा शिवाकला काउचा अक्षयकोष (२०६३) गुल्मीले जन्म ठाउँका विपन्न परिवारलाई राहत वितरण गर्ने घोषणा गरेको छ ।

गुल्मी चन्द्रकोट ६ झापकका काउचा परिवारद्धारा चन्द्रकोट गाउँपालिकामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले प्रभावितहरुका लागि राहतकोष मार्फत् ४६ हजार रुपैँया गाउँका गरिव तथा विपन्न परिवारको राहतका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

गाँउपालिका मार्फत चन्द्रकोट वडा नं ६ झापकलाई मध्येनजर गर्दै अहिलेको कठिन अवस्थामा विपन्न परिवारको चुलो बाल्ने उद्धेश्यले राहत प्रदान गरिन लागिएको कोषका संयोजक ओम काउचा थापाले बताए ।

काउचा परिवारले पितृको नाममा आज संकल्प गरी ४६ हजार रकम बराबरको राहत छिट्टै बितरण गरिने बताइएको छ । बिशेषत काउचा परिवारका सात भाईले आमाको पुण्यतिथीको दिन सहयोग गर्ने संकल्प गरेको बताउँदै उक्त राहत वितरण गरेर जन्मेको माटोको आर्शिवाद लिने बताएका छन् । साथै काउचा परिवारको नयाँ पुस्ताका छोरानातीले पनि यस्ता कार्यमा सहभागिता र निरन्तरतामा ध्यान दिनेछन् भन्ने उद्धेश्य रहेको पनि थापाले बताए ।

अक्षयकोषमा सहयोग गर्ने काउचा परिवारबाट जेठा ह.टोप बहादुर काउचा तथा परिवार, माईला ह. सु.में.थमान सिंह काउचा तथा परिवार, साईला ह.ठाकुर सिंह काउचा तथा परिवार, काईला कोप्रल चन्द्र बहादुर काउचा तथा परिवार, राईला ओम प्रकाश काउचा तथा परिवार, ठाईला कोप्रल ओम प्रसाद काउचा तथा परिवार, कान्छा ह.के सुबेदार मेजर खिम काउचा तथा परिवार रहेको अक्षयकोषका संयोजक युकेबासी ओम प्रसाद काउचाले बताएका छन् ।

कोषले १५ बर्षदेखि संचालित चन्द्रकोट ६ झापकस्थित साविकको महेन्द्र प्राईमरी र हाल झापक प्राबी स्कुल गुल्मीमा अध्ययनरत बिपन्न, गरिव परिवार तथा उत्कृष्ट अंक ल्याउने बिधार्थी हरुलाई हरेक वर्ष सान्त्वना पुरस्कार वितरण गर्दै आएको बताएको छ ।

कोषले तम्घासमा पनि पत्रकार प्रेम सुनारमार्फत ५ विपन्न परिवालाई रु १० हजार बराबरको राहत सहयोग वितरण गरेको समेत जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D