gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका कँडेल हेलिकोप्टर सोसाइटीको महासचिवमा

काठमाडौं, मंसिर २० । हेलि एभरेस्टका प्रमुख कार्यकारी अधिकृत गुल्मीका योगराज कँडेल हेलिकोप्टर सोसाइटीको महासचिव हुनुभएको छ । हेलिकोप्टर सेवा उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा आठ सदस्यीय ‘हेलिकोप्टर सोसाइटी अफ नेपाल’ गठन भएको छ ।

मुलुकका १० हेलिेकोप्टर सेवा प्रदायक कम्पनीको छाता संगठनका रूपमा स्थापित हेलिकोप्टर सोसाइटीको उपाध्यक्षमा एयर डाइनेस्टीका आङछिरिङ शेर्पा र मनाङ एयरका सतीश प्रसाद प्रधान, महासचिवमा हेलि एभरेस्टका योगराज कँडेल र कोषाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रतापजंग पाडे छन् । त्यसैगरी सदस्यमा प्रभु हेलिकोप्टरका विनोद थकाली, श्री एयरलाइन्सका अनिल मानन्धर र अल्टिच्युड एयरका निमानुरु शेर्पा छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सोसाइटीको औपचारिक उद्घाटन गरे । सोसाइटीका अध्यक्ष थापाले हेलिकोप्टर सेवा क्षेत्रमा आइपर्ने विभिन्न समस्या समाधानका लागि नियामक निकायको सहयोग र समन्वयमा काम संस्थाले काम गर्ने जानकारी दिए ।

पर्यटन मन्त्री अधिकारीले हेलिकोप्टर सेवा क्षेत्रका समस्या समाधानमा भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाए । सोसाइटीले हवाई उड्डयन क्षेत्रको विकासमा गर्ने सकारात्मक पहलबाट यस क्षेत्रको सुधार हुने भन्दै अधिकारीले जिम्मेवारी र कर्तव्यप्रति प्रतिबद्ध भएर लागिपर्ने आग्रह गरे ।

कार्यक्रमममा नेपालकै पहिलो हेलिकोप्टर पाइलट रविन्द्रप्रसाद प्रधान, अवकासप्राप्त ब्रिगेडियर जनरल पुष्पबहादुर केसी, क्याप्टेन गुञ्जमान लामा, क्याप्टेन विकास राणा, इन्जिनियर महेशकुमार नकर्मी, ओमप्रसाद श्रेष्ठ र विष्णु बस्नेत, फ्लाइट डिस्प्याचर भक्ति श्रेष्ठ र एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० नारायणबहादुर सिंह डंगोललाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D