gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीका उम्मेदवारहरुका कस्का एजेण्डा के? हेर्नुहोस् बिस्तृतमा

हुमाकान्त पोखरेल
गुल्मी, १८ मंसिर । निर्वाचनको समयमा दलहरुले लगभग पुरानै एजेण्डाहरुलाई जनतामाझ लिएर गएका छन् । बाटो, खानेपानी, प्रभावकारी शिक्षा, स्वास्थ्य, विद्युत लगायतका विकासका पूर्वाधारहरुलाई दलहरुले प्रमुख एजेण्डाको रुपमा स्थापित गरेका छन् । गुल्मीमा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा गरी ६ जना मनोनित हुनेछन् । यी ६ पदको लागि विभिन्न दलका ५२ जना प्रतिस्पर्धामा छन् । तर मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली काङ्ग्रेसबिच हुदैँछ । गुल्मीको निर्वाचन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाले बाम गठबन्धनलाई सघाउने भएको छ भने जिल्लाभर नै राप्रापाले काङ्ग्रेसलाई सघाउने भएको छ । बाम गठबन्धन र काङ्ग्रेसबिच हुने यस निर्वाचनलाई निकै रोचक तरिकाले हेरिएको छ । दुवै गठबन्धनले निर्वाचनमा उठाएका एजेण्डाहरु उस्तै छन् तर फरक तरिकाले ब्याख्या गर्ने गरेका छन् ।

गुल्मीलाई देशकै नमुना जिल्ला बनाउछु: चन्द्र भण्डारी, प्रतिनिधिसभा १, काङ्ग्रेस

‘गुल्मीमा अन्य जिल्लाको तुलनामा धेरै बजेट ल्याएका छौ । त्यसलाई समयमै कार्यान्वयन गर्नुपर्छ । रेसुङ्गा बिमानिस्थल लगायतका विकास निर्माणका योजनाहरु छिटो पुरा गर्नेछु । तम्घास–पाल्पा–बुटबल सडकअन्तरगत सिद्धबाबामा धेरै जनाले ज्यान गुमाउनुपरेकोले त्यसको विकल्पस्वरुप सालझण्डी हुँदै गुल्मी आउने बाटोको विकास गर्न लागेका छौँ । त्यस्तै गुल्मी जिल्ला साँस्कृतिक, धार्मिक तथा पर्यटकिय स्थलको प्रचुर सम्भावना रहेकोले पनि यसलाई छुट्टै ढङ्गले विकास गर्न सकिन्छ । हालसम्म बोटे र माझि परिवारका ४ सयभन्दा बढी घरहरु निर्माण हुन सुरु गरिएको छ । अब थप १ हजार ६ सय घरहरु तुरुन्तै बनाउन सुरु गर्छौ । यीनै कारणले गर्दा गुल्मीलाई देशकै नमुना जिल्ला बनाउन सकिन्छ । जनताले पार्टीका सिद्धान्त भन्दापनि विकास चाहाने भएकाले सिद्धान्त एकातिर राखेर विकास गर्नु जरुरी छ । म पनि त्यसैअनुरुप लागेको छु ।’

‘सुखी गुल्मेली, समृद्ध गुल्मी’: प्रदिप ज्ञवाली, बाम गठबन्धन, एमाले

‘सुखी गुल्मेली, समृद्ध गुल्मी’ लक्ष्य हाँसिल गर्ने हो । जसमा सडक, खानेपानी तथा सरसफाई, शिक्षा, कृषि, सिंचाई, सामाजिक सुरक्षा, पर्यटन, पूर्वाधार, महिला, युवा, खेलकुद र रोजगार लगायतलाई प्राथमिकतामा राखेको छु ।

कालिगण्डगी करिडोरलाई चिन र भारत जोड्ने आर्थिक मेरुदण्डको रुपमा विकास गर्न १० मिटर फराकीलो पारी ५ बर्षमा पिच गर्ने, रिडि–रुद्रवेणी– वामीटक्सार सडकलाई २ बर्षभित्र तथा एक बर्षभित्रमा नगरपालिका र गाउँपालिकाका सदरमुकाम र तिन बर्षमा प्रत्येक वडा जोड्ने मोटर बाटो पिच गर्ने लक्ष्य छ । ‘एकघर–एकधारा’ अवधारणाअनुरुप पाचँ बर्षभित्रमा सबैको घरमा स्वस्च्छ खानेपानीको धारा उपलब्ध गराउने, सर्वसुलभ शिक्षा, प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल, कृषि अनुदान, नगदेबाली तथा बेमौसमी तरकारी उत्पादन र बजारीकरण, धार्मिक एवम् साँस्कृति सम्पदाहरुको संरक्षण गरी पर्यटक आवागमनमा बृद्धि गर्ने, प्रत्येक वडामा खेलमैदानको ब्यवस्था, जिल्लाका विभिन्न ठाउँमा प्रदेसस्तरिय खेल मैदानको निर्माण, महिला उद्योगमा अनुदान तथा पत्रकार उपचार कोषको लागि आवश्यक रकमको ब्यवस्था गर्ने लगायतका महत्वपूर्ण याजनाहरु अगाडी सारेको छु ।’

नयाँ ढङ्गले जिल्लाको विकास गर्छु: चन्द्र केसी, प्रतिनिधिसभा २,काङ्ग्रेस

‘जिल्ला विकास समिति सभापति हुँदा धेरै कामहरु गरेको छु । अब पनि ५ बर्षभित्र गाउँदेखि वडा, गाँउपालिका, नगरपालिका वा जिल्ला सदरमुकामसम्म जोड्ने बाटो पिच गर्ने, क्षेत्रका सम्पूर्ण बाटाहरु, खानेपानी, सिँचाई, पुल, विद्यालयमा आवश्यकताअनुसारको दरबन्धिको ब्यवस्था लगायतका कामहरु गर्ने लक्ष्य छ । त्यस्तै अपाङ्गमैत्रि विद्यालय, रेसुङ्गा बहुमुखि क्याम्पसलाई थप ब्यवस्थित गुणस्तरिय शिक्षाको विकास गर्ने, लिफ्टिङ खानेपानीमार्फत खानेपानीको अभावलाई पूर्ति गर्ने, प्रत्येक गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल र प्राविधिक शिक्षालय, प्रत्येक वडामा न्यूनतम एउटा खेलमैदान लगायतको ब्यवस्था गरी नयाँ ढङ्गले जिल्लाको विकास गर्छु ।’

२ बर्षभित्र खरका छाना हटाइने: गोकर्ण विष्ट, प्रतिनिधिसभा २, बाम गठबन्धन एमाले

‘आगमी २ बर्षभित्र जिल्लाका सबै खरका छाना हटाउने, सबै सडकहरु तत्काल पिच गर्ने, विद्युत नपुगेका ठाउँहरुमा ३ महिनाभित्रमा विद्युत सेवा सुचारु गर्ने साथै विद्युतलाई नियमित गर्ने, जिल्लामा जलविद्युतको साम्भब्यता अध्ययन गरी उत्पादन प्रक्रिया सुरु गर्ने, रेसुङ्गा बहुमुखि क्याम्पसलाई आङ्गिक बनाई विद्यार्थीलाई सुलभ दरमा शिक्षा उपलब्ध गराउने जस्ता मेरा योजनाहरु छन् । त्यस्तै अपाङ्गमैत्रि वातावरण, राष्ट्रिय गौरवका आयोजनालाई तत्काल सम्पन्न गर्ने, बृद्ध भत्तालाई ५ हजार पु¥र्याउने जस्ता योजनाहरु मैले अगाडी सारेको छु ।’

सँस्कृत भाषाको रक्षा गर्छु: पृथ बहादुर फौदार, प्रतिनिधिसभा १ प्रदेश ‘क’

‘नेपाली भाषाको जननीका रुपमा रहेको सँस्कृत भाषालाई माओवादीको १० बर्षे जनयुद्धबाट हटाइयो, जुन गलत थियो । सँस्कृत भाषा ब्रामण जातिले मात्र पढ्नुपर्छ भन्ने गलत अवधारण हो । त्यसैले यसलाई विद्यालयको आधारभुत पाठ्यक्रममा समावेश गर्नु जरुरी छ । अर्को प्रदेशसभाभित्रका सम्पूर्ण पर्यटकिय स्थलको संरक्षण र ब्यवस्थापन गर्दै नयाँ ढङ्गले विकास गर्छु । त्यसका साथै प्रदेशभित्र सर्वसुलभ शिक्षा, बाटो, अस्पताल, विद्युत लगायतका विकासका पूर्वाधारहरुको विकासक्रमलाई तिब्रता दिन्छु ।’

सम्मुन्नत प्रदेशको निमार्ण: सुदर्शन बराल, प्रतिनिभिसभा १ प्रदेश २, बाम गठबन्धन, माओवादी केन्द्र

‘रिडी रुद्रवेणी वामी लगायतका प्रदेशसभाका महत्वपूर्ण सडक तत्काल पिच गर्र्ने, सत्यवती र कालिगण्गी गाउँपालिकामा प्राविधिक शिक्षालाई स्थापना गरी ब्यवस्थित तरिकाले संचलन गर्ने, बढीगाढ कालिगण्डगी र शान्तिपुर क्षेत्रमा कृषिलाई आधुनिकिकरण बनाउने, कालिगण्डगी र चन्द्रकोटमा १५÷१५ बेडको अस्पतालको निर्माण तथा चन्द्रकोट दरबारको पुराताव्तिक संरक्षण र विकास र क्षेत्रिय स्तरका खेलकुदको लागि रंगशालाको निर्माण गर्छु । महिलालाई सिपमुलक तालिमको ब्यवस्था गरी आत्मनिर्भर बनाउने, तथा विभिन्न जात जातिहरुको भाषा, कला र सँस्कृतिहरुको संरक्षण गर्दै सम्मुन्नत प्रदेश निर्माण गर्ने मेरो लक्ष्य हो ।’

पर्यटकिय स्थलको विकास गर्छु: शालिक पन्थी, प्रतिनिभिसभा २ प्रदेश १ काङ्ग्रेस

‘रेसुङ्गाजस्ता पर्यटकिय स्थलको विकास र संरक्षण तथा प्रचार प्रसार गरी पर्यटक आवागमनमा बृद्धि गर्छु । साथै अन्य धार्मिक मठ मन्दिर तथा धार्मिक स्थलको संरक्षण तथा विकास गरी साँस्कृतिक हिसाबले धनी प्रदेश बनाउछु । गुल्मीको पहिलो सामुदायि रेडियोको अध्यक्ष भएको हैँसियतले पनि पत्रकारहरुको हक, हितको लागि सदैव लागिपर्छु । प्रत्येक गाउँपालिकामा न्यूनतम एउटा प्राविधिक शिक्षा,एक घर एक धारा, प्रदेशमा सम्मुन्नत अस्पताल तथा बेरोजगारीको अन्यका लागि विशेष युवालक्षित कार्यक्रमहरु गर्ने मेरो योजना छ ।’

जलविद्युत उत्पादन: खड्ग केसी, प्रतिनिधिसभा २ प्रदेश १, बाम गठबन्धन, एमाले

‘२ बर्षभित्र गाउँपालिका र ५ बर्षभित्र वडाकेन्द्र जोड्ने बाटो पिच गर्ने, प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षाको स्थापना, विकास निर्माणका कामलाई तिब्रता दिने, प्रदेशभित्र जनविद्युतको सम्भाब्यता अध्ययन गरी उत्पादन प्रक्रिया सुरु गर्ने, खरको छानो विस्थापित गर्ने, लिफ्टिङ खानेपानीमार्फत एक घर एक धारा पु¥र्याउने, प्रत्येक गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल, रेसुङ्गा बहुमुखि क्याम्पसलाई आङ्गिक बनाउने लगायतका योजनाहरु अगाडी सारेको छु ।’

विकास निर्माणलाई तिब्रता दिन्छु: छन्द पहराई, प्रदेश २, काङ्ग्रेस

‘प्रदेशसभाभित्रका सम्पूर्ण मोटरबाटो, खानेपानी, विद्युत लगायतका भौतिक पूर्वाधारको विकास निर्माणलाई तिब्रता दिन्छु । विचत्र गुफा, मदाने धुर्कोट जस्ता धार्मिक स्थलको प्रचार गरी पर्यटक आवगमनमा बृद्धि, छल्दि खोलामा तटबन्ध गरी बर्षेनी सयौँ रोपनी खेत बगाउने समस्याको अन्त्य गर्ने, लिफ्टिङ प्रविधिबाट खानेपानीको ब्यवस्था साथै ५ बर्षभित्र प्रदेशलाई नमुना बनाउछु ।’

देशमै नमुना बनाउछु: दिनेश पन्थी, प्रदेश २, बाम गठबन्धन, माओवादी केन्द्र

‘आगामी ३ महिनामा सबैका घरमा विजुली पुर्याउने, २ वर्षसम्म खरका छाना विस्थापित गरी जस्ता पाताको व्यवस्था गर्ने र जस्ता पाता निशुल्क उपलब्ध गराउने, ५ वर्ष्भित्र एक घर एक धाराको व्यवस्था गर्ने, जलविद्युतको उत्पादन गरी उद्योगधन्धाको स्थापना गरी आगामी ५ वर्षसम्म बेरोजगारीको अन्त्य गर्ने, प्रत्येक गाउँपालिकामा न्युनतम २५ शैयाको अस्पताल स्थापना गरी सेवा सुचारु गर्ने, २ वर्ष्भित्र गाउँपालिकाका केन्द्र र ४ वर्षसम्म वडाकेन्द्रमा जाने बाटो पिच गर्ने, प्रत्येक वडामा न्युनतम एउटा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउछुँ ।’

पशुपालनका लागि विशेष योजना बनाउने र प्रदेशलाई मासुमा आत्मनिर्भर बनाई निर्यात समेत गर्ने, उत्पादन भएका कृषिका सामग्रीहरुको निर्यातको लागि बजार र यातायातको व्यवस्था गर्ने, उत्पादित जनशक्तिलाई प्रदेशमै परिचालन गर्ने तथा सर्टि्फिकेट राखेर रोजगारीको व्यवस्था गरी प्रदेशलाई देशमै नमुना बनाउने मेरा योजनाहरु रहेका छन् ।’

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D