gulminews logo
आईतवार, २०८१ बैशाख २३

गुल्मीका अधिकांस विद्यालयको दशैँबिदामा कटौती, फूलपातीदेखि मात्र बिदा

गुल्मी, असौज २९ । पुरानै नियम हो, एकाधबाहेक सामुदायिक विद्यालयमा घटस्थापनादेखि दशैँबिदा हुने । तर, यसपटक कोभिड १९ को प्रभावसँगै हालैमात्र प्रत्यक्ष शिक्षणसिकाई गरिरहेका विद्यालयहरु झट्टै बिदा गर्न हिच्किचाईरहेका छन् ।

शैक्षिक सत्रको करिब आधा समय पढाउन नपाएपनि सत्रको अन्त्य चैतमै गर्ने सरकारको निर्णयसँगै यतिबेला प्राय विद्यालय कोर्ष तीव्र बनाउन दबाबमा पनि छन् । जसले गर्दा सधैझैँ घटस्थापनादेखि हुने गरेको दशैँबिदा गुल्मीमा घट्ने भएको छ । तर, त्यस्तो बिदामा एकरुपता नभई स्थानीय तहअनुसार फरक फरक हुन सक्ने स्थिीती पनि छ ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले घटस्थापनादेखी नभई फूलपातीदेखि दशैँबिदा गर्ने भएको छ । ” यसपाली कोभिडकै कारण वैकल्पिक विधिमार्फत शिक्षणसिकाइ प्रक्रिया निरन्तर गरिएपनि प्रत्यक्ष पढाई हुन लागेको धेरै समय भएको छैन, त्यसैले एक हप्ता बढाएर फूलपातीदेखि बिदा गर्ने निर्णय भएको छ” , शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ज्ञवालीले भन्नुभयो । ” षष्ठीसम्म उच्च सुरक्षा सावधानीसहित निरन्तर पठनपाठन हुन्छ ।”

विष्णु प्रसाद ज्ञवाली : शिक्षा शाखा प्रमुख, रेसुङ्गा नगरपालिका

उता रुरुक्षेत्र गाउँपालिकाले पनि फूलपातीदेखि मात्र बिदा गर्दैछ । तर, आधिकारिक निर्णय हुन भने बाँकी नै छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारीले यसबारे औपचारिक निर्णय भइनसकेको भएपनि यसपालि घटस्थापनादेखि नै विद्यालय बन्द नहुने बताउनुभयो । यो विषयमा छिट्टै निर्णय गरिने उहाँको भनाई थियो ।

यस्तै छत्रकोट गाउँपालिका शिक्षा शाखाले पनि फूलपातीदेखि नै दशैँबिदा गर्ने सोँच बनाईरहेको छ । बिदाको एकरुपताका विषयमा राखिएको जिज्ञासामा गाउँपालिका शिक्षा शाखाका प्रास रोमनाथ कँडेलले भन्नुभयो ” जिल्लाभर नै एकरुपता ल्याउन सके त अझै राम्रो कुरा भयो, नत्र स्थानीय तहभित्र एकै खालको सर्कुलर हुन्छ, तर बैठक बसेर निर्णय हुन भने बाँकी नै छ । “

उहाँका अनुसार छत्रकोट भित्रका सामुदायिक विद्यालयको दशैँबिदाबारे १ / २ दिनमा निर्णय हुनेछ ।
यसैगरी अन्य स्थानीय तहहरुपनि सोही निणर्यको तयारीमा रहेका बुझिएको छ । बैशाखदेखि नयाँ शैक्षिक सत्र हुने भएतापनि यसपटक कोभिड प्रभावका कारण करिब एक महिना अघिदेखि मात्र विद्यालयमा प्रत्यक्ष पढाइ भइरहेको छ ।

त्यसअघि विभिन्न वैकल्पिक विधिमार्फत पठनपाठन गरिएपनि ती सबै ठाउँमा अपेक्षित रुपमा प्रभावकारी हुन नसकेका प्रतिक्रिया पनि आएका छन् । – रेडियो श्रृङ्गेश्वरबाट

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D