टोपलाल अर्याल
गुल्मी, ६ बैशाख। श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण बिष्टले आफु गाडीमा झण्डा पहराउन मात्रै मन्त्री नभएकाले कामको प्रतिक्षा गर्न सवैलाई आग्रह गरेका छन् । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला गुल्मी आएका बिष्टले इस्मा गाउँपालिका छुट्टाछुट्टै कार्यक्रमलाई संबोधन नयाँ
ढंगले काम गर्न नसके जिल्लामा जति जना मन्त्री भएपनि जनताको जीवन नबदलिन बताए । ‘मैले चार-पाँच पटक प्रधानमन्त्री भएको क्षेत्रमा भन्दा धेरै विकास गरेको छु, नपत्याए अनुगमन समिति बनाएर हेरियोस्’ उनले भने, ‘अझैपनि चुनावका बाचा टिपेर राख्नुस,एक÷एक गरेर पुरा गर्नेछु ।’ मन्त्री बिष्टले देशमा रोजगारी सृजना गर्दै स्वदेश र बिदेशका श्रमिकको संरक्षण र सुरक्षाका लागि केहि दिनमै आफुहरुले गरेका प्रयासहरु बाहिर आउने बताए । ‘अहिले पनि दिनभर काम गर्ने श्रमिकको पारिश्रमीकले बिहान बेलुका छाक टर्दैन,’उनले भने,‘उनीहरुको संरक्षण, सुरक्षा र उचित श्रमको नयाँ मुल्य निर्धारण गर्दैछौ ।’ गुल्मी क्षेत्र नं २ का सांसद समेत रहेका बिष्टले अहिलेको सरकारले सामाजिक न्याय सहितको समृद्धि चाहेकोले खान नपाएर भोकै बसिरहेको गरीब, दलित, पछाडी पारिएको परिवारको बिकासको निम्ती अब आधार तयार गर्ने बताए । उनले यो छ महिनामा बिघटन हुने सरकार नभएकाले दृर्घकालिन कार्यक्रम मार्फत दुनियाँको मानचित्रमा गौंरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व पुरा हनेमा आशाबादी बन्न आग्रह गरे ।
बर्षौमा बाटो पुग्यो गाउँमा : स्थानीय खुसी
इस्मा गाउँपालिका ४ को ढोकामुख–खुँग–कोटकोटेरी मोटर बाटो संचालनमा आएपछि स्थानीय खुसी भएका छन् । मोटरबाटोको श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरेका छन् । २०६४ सालबाट निर्माण थालिएको मोटरबाटो कडा चट्टान र रकम अभावमा पुरा हुन सकेको थिएन् । गएको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा भोट माग्न पुगेका मन्त्री बिष्टले चुनावपछि आफु गाडी चढेर कोटकोटरी पुग्ने प्रतिवद्धता गरेका थिए । उनले निर्वाचित भएको पाँच महिनामा त्यो बचन आफुले पुरा गरेर देखाएको बताए । ‘रित्ता गाग्रोको फोटो खिचेर फेसवुकमा गोकर्ण बिष्टको गाउँ लेख्नेलाई पश्च्याताम गराउनुछ,’उनले भने,‘चुनावी बाचा केवल जित्नका लागि मात्रै होइनन् ।’ साढे सात किलोमिटर मोटरबाटो निर्माणका लागि अहिलेसम्म तीन करोड खर्च भएको वडा सदस्य भिमकान्त खनालले बताए । बर्षौको सपना पुरा भएपछि स्थानीयले बाटो उद्घाटन गर्न पुगेका मन्त्री बिष्ट, प्रदशे सांसद खड्ग केशी तथा पाल्पाका प्रदेश सांसद डा पुरन बज्राचार्य सहितको टोलीलाई स्वागत गर्दै पञ्चेबाजा बजाएर रमाएका थिए ।
मन्त्री बिष्टले आफुले पढेकै बिद्यालयमा बिद्यार्थी भर्ना गरे
अहिले देशव्यापी रुपमा बिद्यालयहरुमा भर्ना अभियान संचालन भैरहेका बेला श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण बिष्टले पनि एक जना दलित बिद्यार्थीलाई बिद्यालयमा भर्ना गरेका छन् । इस्मा गाउँपालिका ४ स्थित आफुले पढेको रामराज्य माविमा सचिन परियारलाई कक्षा १ मा भर्ना गरेका छन् । उनले त्यो बालकको अभिभावत्व ग्रहण गर्दै माद्यामिक तहसम्मको शिक्षाको सवै व्यावस्था आफुले गर्ने बताए । बिद्यार्थीलाई बिद्यालयमा भर्ना गर्दै मन्त्री बिष्टले आर्थिक अभावका कारण बिद्यालयबाट कुनै बिद्यार्थी बाहिर बस्नु नपर्ने बताए । ‘अब पैसाकै अभावमा बालबालिका घर बस्नु पर्दैन, त्यस्तो अवस्था आए वडा र गाउँपालिकामा खबर गर्नुहोस,’उनले भने,’ त्यसको प्रर्वन्ध अव स्थानीय सरकारले गर्छ ।’वामीमा खुल्यो २५ शैयाको अस्पताल
गुल्मीको मुसिकोट नगरपालिका ७ वामीमा २५ शैयाको अस्पताल संचालनमा आएको छ । अस्पतालको श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरेका छन् । प्रस्तावित २५ शैयाको लुम्बिनी वामी अस्पताल प्रालि अहिले पोलिक्ल्निकको रुपमा संचालनमा आएको छ । भवन निर्माण भएपछि अस्पतालनै संचालन गरिने अस्पताल संचालन समिति अध्यक्ष गोपाल पोखरेलले बताए । सुविधा सम्पन्न अस्पताको अभावमा बाग्लुङ्ग जिल्लाका ढोरपाटन र गलकोट नगरपालिका, बढिघाट गाउँपालिका संगै गुल्मीका दुई दर्जन स्थानमा नागरिक पाल्पा तथा बुटवल पुग्ने गरेका छन् । अस्पतालको उद्घाटन गर्दै मन्त्री बिष्टले सरकारले पनि एक गाउँपालिका २५ शैया र एक नगरपालिका ५० शैयाको अस्पतालको निति लिए पनि अहिले खुलेको यो अस्पताल यस क्षेत्रका नागरिकलाई ठुलो सहयोग पुग्ने बताए । उनले अस्पताल संचालन गर्न पहल र सहयोग गर्ने पाल्पाका प्रदेश सांसद डा पुरन बज्राचार्यलाई बिशेष धन्यबाद दिए । साथै लुम्बिनी मेडिकल कलेजका संल्लाहाकार समेत रहेका डाक्टर बज्राचार्यले गुल्मीको स्वास्थ्य क्षेत्रको विकासका लागि आफुले सवै किसिमको सहयोग पु¥याउने बताए । अस्पतालमा एक जना बिशेषज्ञ डाक्टर सहित बिभिन्न ल्याव सेवा संचालनमा आएका छन् ।
फोटो ः गुल्मीको इस्मा गाउँपालिका ४ को ढोकामुख–खुँग–कोटकोटेरी मोटरबाटोको उद्घाटन गर्दै मन्त्री गोकर्ण बिष्ट ।
फोटो ः गुल्मीको इस्मा गाउँपालिका ४ को रामराज्य माविका बिद्यार्थी भर्ना गर्दै मन्त्री गोकर्ण बिष्ट ।