gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गाउँमा स्वास्थ्य चौकी बनाउन बिदेशमा रहेका २ भाईले दिए ५ रोपनी जग्गा

सन्जु काउछा
गुल्मी, कार्तिक ०५ । गुल्मी स्थाई घर भई हाल युकेमा रहेका दुई भाईले गाउँको स्वास्थ्य चौकीलाई निशुल्क जग्गा दान गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वार्ड नं ७ रुपाकोटमा स्वास्थ्य चौकि निर्माणका लागि तारानाथ भण्डारी र मोती भण्डारीले जग्गा हस्तान्तरण गरेका हुन् ।

जग्गा हस्तान्तरण कार्यक्रममा बोल्दै जग्गादाता तारानाथ भण्डारीले जग्गा विवादलाई जतिसक्दो चाँडो समाधान गरेर स्वास्थ्य चौकी निर्माण थालिहाल्न आग्रह गरे । “कसैले जग्गा निःशुल्क दिएपनि स्वास्थ्य चौकि बनाउन जनप्रतिनिधिहरु किन सहमत हुन्नन् ?”, भण्डारीले प्रश्न गर्दै भने, “उनीहरुले चाहेको ठाउँमा निःशुल्क रुपमा जग्गा उपलब्ध छैन ।” आफुहरुले स्थानीयहरु स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भनेर स्वास्थ्य चौकि निर्माणका लागि जग्ग हस्तान्तरण गरेको भण्डारीले बताए ।

एनआरएनए युकेका निर्वतमान सचिव तथा गुल्मी जिल्ला समाजका बर्तमान उपाध्यक्ष तारानाथ भण्डारी र गुल्मि जिल्ला समाज युकेका पूर्व उपाध्यक्ष तथा हालका सल्लाहकार मोति भण्डारीले ७ लाख बराबरको ५ रोपनी जग्गा खरिद गरेर स्वास्थ्य चौकि निर्माणका लागि गाउँपालिकालाई जग्गा हस्तान्तरण गरेका हुन् ।

वडा नं ७ का अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न जग्गा हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु, समाजसेवी, स्वास्थ्य चौकिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो जस्को सन्चालन हेल्थ इन्चार्ज लिला भण्डारीले गरेकी थिइन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D